© २०२३
बुटवल, १ मंसिर ।
रुपन्देहीको भैरहवा, सिद्धार्थनगर नगरपालिका–८ लुम्बिनी गेट नजिकै आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
बागलुङको निसीखोला–६ बस्ने ३२ वर्षीय विजय उर्फ विरबहादुर कुँवरलाई प्रहरीले बुटवल उपमहानगरपालिका क्षेत्रस्थित बसपार्कबाट पक्राउ गरेको हो। हत्या प्रकरणपछि फरार रहेका उनलाई निगरानी र खोजतलासका आधारमा शनिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।