© २०२३
काठमाडौँ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि पहिलो दिन सोमबार दिउँसो २ बजेसम्म ६ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् ।
निर्वाचन आयोगका अनुसार सो अवधिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित ६ वटा दलले दर्ता प्रक्रिया पूरा गरेका हुन् । दल दर्ताका लागि रास्वपा नेता गणेश पराजुली सहितका नेता तथा कार्यकर्ता आयोग पुगेका थिए ।
त्यस्तै, देश विकास पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, देशभक्त समाज, नेपाल लोकतान्त्रिक पार्टी र नेपाल मजदुर किसान पार्टीले पनि दल दर्ता गराएका छन् । त्यस्तै, सोही अवधिमा राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि नेपाल मजदुर किसान पार्टीले मात्र दर्ता गरेको छ ।