© २०२३
सल्यान, १ मंशिर ।
सल्यानका एक युवक आफ्नै घरबाट लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका छन् ।
शारदा नगरपालिका, १ भगवती खोला स्थित २१ वर्षीय अर्जुन बुढाथोकीलाई सल्यान प्रहरीले प्लास्टिक सहित १ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
लागू औषध लुकाई छिपाइ राखेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली आइतबार अर्जुनको घरमा गएर खानतलासी गरेको थियो । सो क्रममा उनको सुत्ने कोठाबाट प्लास्टिक सहित १ ग्राम ४३० मिलिग्राम र शुद्ध १ ग्राम २१० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ ।
पक्राउ परेका युवकलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरि सल्यान जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय लागू औषध ओसारपसार तथा कारोबारविरुद्ध जिल्ला प्रहरी कार्यालय सल्यानले निगरानी तथा अनुसन्धानलाई तीव्रता दिएको छ ।