Butwal Today

सवारी दुर्घटनामा गुल्मीमा १ जनाको मृत्यु

१ मंसिर २०८२, सोमबार
अ+
अ-

 गुल्मी, १ मङ्सिर ।

गुल्मीको मुसिकोट नगरपालिकामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका‐२ निस्ती निवासी ४९ वर्षीय मीनबहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सदरमुकाम तम्घासबाट निस्तीतर्फ जाँदै गरेको ग ३ च ४२६० नम्बरको डबल क्याब जीप गए राती मुसिकोट नगरपालिका –२ स्थित निस्तीको ठाँटी नजिकै दुर्घटना भएको हो ।

गाडीको हुटमा राखिएको टिन उकालोमा खस्दा गाडीमा सवार भएका विकको टाउकोमा गंभिर चोट लागेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका विकको गुल्मी अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिएका छन् ।

घटनापछि सवारी चालक चालक प्रताप रायमाझीलाई नियन्त्रणमा लिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।