© 2026
काठमान्डौ, १ मंसिर ।
मधेश सरकार गठन बदरको मागसहित सात दलीय गठबन्धनका प्रदेश सांसदहरूले सातौँ दिन पनि मधेश भवन अगाडि धर्ना जारी राखेका छन् । नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरू एक सातादेखि निरन्तर रूपमा धर्नामा बस्दै आएका हुन् ।
गठबन्धनले संविधानको धारा १६८ को ३ बमोजिम तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा गठन गरेको सरकार असंवैधानिक भएकाले बदर गर्नुपर्ने माग राख्दै आएको छ ।
यससँगै, सरकार गठनविरुद्ध पेश गरिएको रिटमाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाइ भइरहेको गठबन्धनका नेताहरूले जानकारी दिएका छन् । सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता गराइएको महाभियोग प्रस्तावका बीच सात दल सरकारविरुद्धको आफ्नो आन्दोलन निरन्तर जारी राखेका छन् ।