ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

छाडा चौपाया व्यवस्थापनमा सकस 

३० कार्तिक २०८२, आइतबार
३० कार्तिक २०८२, आइतबार

जिल्ला समन्वय समिति रुपन्देहीको समन्वयमा हरेक महिना हुने पालिकाहरूको घुम्ती बैठकमा छाडा चौपाया व्यवस्थापनको कुरा सबैभन्दा प्राथमिकतामा रहन्छ ।

विगत चार वर्षदेखि पालिकाहरूले यही समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् तर छाडा चौपाया व्यवस्थापन भने अहिलेसम्म हुन सकेको छैन । छाडा चौपाया व्यवस्थापनको कुरा चर्चामै सीमित भएको छ ।

विगत धेरै वर्षदेखि रुपन्देही जिल्लाका लागि छाडा चौपाया व्यवस्थापन प्रमुख चुनौती बन्दै गएको छ । छाडा चौपायाकै कारण दुर्घटना बढेको छ ।

हरेक वर्ष छाडा चौपायाकै कारण दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दर्जन बढी पुग्ने गरेको छ । पालिकाहरूको घुम्ती बैठकमा छाडा चौपायाकै विषयमा कुरा उठे पनि व्यवस्थापनको विषयमा भने बेवास्ता गर्ने गरिएको छ ।

छाडा चौपायामा पनि गाईलाई दूध दिउन्जेल घरमा राखेर स्याहार गरी पाल्ने तर दूध दिन छाडेपछि छाड्दिने गरिँदा समस्या उत्पन्न भएको छ । गाई मात्र हैन, बाच्छाबाच्छीसमेत सडकमै ल्याएर छोड्ने गरिएको छ ।

गाईलाई दुहुँदासम्म दुहुने अनि दूध दिन छोडेपछि सडकमा बेवारिसे बनाउने काम भइरहेको छ । यस्तो काममा संलग्नमाथि कारबाही गर्ने कुरामा ढिलासुस्ती भएको छ । यो समस्या सहर बजार र यसको छेउछाउमा बढ्दो छ ।

तर, पछिल्लो समय गाउँघरमा समेत छाडा चौपायाले बालीनाली नोक्सानी गरिदिने हुँदा यो समस्या विकराल रूपमै देखिएको छ । पहिला–पहिला ग्रामीण भेगमा खेतबारी जोत्न गोरुको प्रयोग हुने भए पनि अहिले बिस्तारै यसको विकल्पमा ट्याक्टर प्रयोग हुँदा गोरुको उपयोग हट्दै गएको छ ।

बीउको लागि एउटा गाउँमा एक–दुई वटा गोरु पालिनु स्वाभाविक नै हो । तर अधिकांशले गोरु पाल्न छोडिसके । दूध उत्पादनका लागि पालिएका गाईहरूबाट बर्सेनि जन्मने बाछाको व्यवस्थापनमा ठुलो समस्या देखिएको छ ।

उत्पादनमूलक काममा प्रयोग नहुने वस्तुलाई पालेर के काम भन्दै किसानहरू छिटोभन्दा छिटो पन्छाउन चाहन्छन् । किसानको चाहना बुझेर केही मानिसले गाउँभरिका बाछा सङ्कलन गरी सडक, सहर तथा सार्वजनिक स्थानमा छोडिदिने गरेका छन् ।

सडकमा छोडिएको गाईबस्तुले यातायात सञ्चालनमा समेत असर पुगेको देखिन्छ । कतिपय ठाउँमा त छाडा चौपाया मरेर अलपत्र पर्नाले जनस्वास्थ्यमा समेत गम्भीर असर पुगिरहेको छ ।

रुपन्देहीका केही पालिकाहरूले लुम्बिनी सांस्कृतिक नगरपालिकामा काँजी हाउस निर्माण गर्ने निर्णय गरेका थिए तर त्यो निर्णयको कार्यान्वयन अघि बढ्न सकेन । अहिले काँजी हाउसको कुरा हराएको छ ।

जनप्रतिनिधिहरू अन्तिम बर्सतिर आइरहेका छन् । अर्को वर्ष स्थानीय तहको निर्वाचन हुँदासम्म यो समस्याप्रति जनप्रतिनिधिहरू नै बेखबर हुने आउने हो कि भन्ने चिन्ता बढेको छ ।

खासगरि गाईको सवालमा गाई बुढो भएपछि र दूध दिन छोडेपछि सडकमा ल्याएर छोड्ने गरिँदा समस्या उत्पन्न भइरहेको छ । किसानले गाई घरमै मरेमा समस्या हुन्छ भनी जोखिम मोल्न चाहँदैनन् ।

दुधालु गाईको बिमा हुने भए पनि बूढो र दूध थाकेको गाईको बिमा हुँदैन । मलकै लागि भनेर किसानले बूढो र थाकेको गाई पाल्ने गरेका छैनन् । बाच्छाजस्तै गाईलाई पनि बुढो भएपछि केही रकम दिएर घरबाट पठाइदिन्छन् ।

बिरामी, कमजोर र बुढा गाई मरेपछि यसको व्यवस्थापनमा समस्या आइरहेको छ । पछिल्लो समय ठुलो समस्या बन्दै गएको छाडा गाईबस्तु र यसको व्यवस्थापनका अव ढिलो नगरी समाधान खोज्ने हो कि ?

जनप्रतिनिधिहरूको बैठकमा यो विषय उठ्ने गरे पनि समाधानमा बेवास्ताले चिन्ता थपेको छ । अबको दिनमा यसको व्यवस्थापनका लागि सम्बन्धित निकायले ध्यान दिनुका साथै समाधानको दीर्घकालीन उपाय खोज्नु जरुरी छ ।

रुपन्देहीका १६ वटै स्थानीय पालिकाहरूले यस विषयलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ ।

छाडा चौपाया व्यवस्थापनको समस्या समाधानमा अव ढिलाइ नगरौँ । घुम्ती बैठकमा यो विषय एजेन्डाको रूपमा मात्रै नउठोस्, कार्यान्वयनको सवालमा गम्भीरता जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?