ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

घटेन नदीजन्य पदार्थको तस्करी

३० कार्तिक २०८२, आइतबार
३० कार्तिक २०८२, आइतबार

लमही, ३० कार्तिक ।

आर्थिक वर्षको पहिलो चौमासिक सकिनै लाग्दा दाङका विभिन्न स्थानीय तह र राज्यका सबै स्तरमा विकास निर्माणका काम प्रारम्भ हुने समय आएको छ ।

जिल्लाको गौरवको चारलेन सडक स्तरोन्नतिको कामसँगै सङ्घीय, प्रदेश र स्थानीय तहका भौतिक पूर्वाधार निर्माण तीव्र गतिमा अघि बढ्ने तयारीमा छन् । तर, निर्माण कार्यका लागि अत्यावश्यक नदीजन्य पदार्थ—ढुङ्गा, गिट्टी र बालुवाको सहज आपूर्ति भने यस वर्ष पनि सुनिश्चित हुन सकेको छैन ।

जिल्लाका १० वटै पालिकाले नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन र घाट गद्दीका ठेक्का हाल्न नसकिरहेको बेला दाङ तथा देउखुरी उपत्यकाका विभिन्न खोला नदीमा दिनरात तस्करी मौलाउँदै गएको स्थानीयको गुनासो छ ।

हालसम्म कुनै पनि पालिकाले ठेक्का सम्झौता गर्न सकेका छैनन् भने निर्माण व्यवसायी चाहिँ आवश्यक सामग्रीको अभावमा समस्यामा परेका छन् ।

घोराही–तुलसीपुर चारलेन सडक स्तरोन्नतिको काम थालिसकेकाले यस वर्ष नदीजन्य पदार्थको खपत अझै बढ्ने अपेक्षा गरिएको छ । “हामीलाई अहिले ढुङ्गा र ग्राभेल अत्यावश्यक छ ।

पालिकासँग समन्वयमा व्यवस्थापनको प्रयास भइरहेको छ,” ठेक्का पाएको दिवा/न्धन भगवती जेभीका कनट्र्याक्ट मेनेजर सुनिल ढुङ्गानाले बताए । यता ठेक्का नलागेको फाइदा उठाउँदै कतिपयले चोरी–तस्करीलाई खुलेआम सञ्चालन गरेको स्थानीयको आरोप छ ।

प्रहरी प्रशासनले देखिएका ट्याक्टर कारबाही गरी राजस्व तिर्न सम्बन्धित पालिकामा पठाइने दाबी गरे पनि जनप्रतिनिधिहरूको भनाइमा पक्राउ परेकाहरू सङ्ख्यामा ‘सामान्य नमुना’ मात्रै हुन ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार कार्तिक १९ देखि २४ बिच बबई र गढवामा अवैध उत्खनन तथा ढुवानी गर्ने आठ ट्याक्टर नियन्त्रणमा लिइएका छन् ।

तीमध्ये बबई–७ ओदाले र बेलासपुरबाट बालुवा–गिट्टी उत्खनन गर्दै गरेका तीन ट्याक्टर तथा बबई–४ राजी खहरेबाट ल्याउँदै गरेको एक अनटेस्ट ट्याक्टर प्रहरीको नियन्त्रणमा परेको छ ।

कारबाही स्वरूप प्रतिट्याक्टर १० हजार जरिवाना असुली गरी ६० हजार राजस्व बबई गाउँपालिकामा जम्मा भएको छ ।
यस्तै, गढवा गाउँपालिका–४ पर्सियास्थित राप्ती खोलाबाट उत्खनन गर्दै गरेका रा १ त ३२०१ र रा १ त २७९७ नम्बरका ट्याक्टर नियन्त्रणमा पारी प्रतिट्याक्टर ३० हजारका दरले ६० हजार राजस्व उठाइएको प्रहरीले जनाएको छ ।

‘अझ धेरै चोरी–निकासी भइरहेको छ’ भन्ने स्थानीयको प्रश्नमा जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाह भन्छन्,“हामी २४ घण्टा खोलामा मात्रै ड्युटी दिन सक्दैनौँ । जनताको अन्य सुरक्षा र शान्ति व्यवस्थापन पनि हाम्रो दायित्व हो ।”

नदीजन्य पदार्थ उत्खनन कानुनी रूपमा स्वीकृत गर्न जिल्ला अनुगमन समितिको सिफारिस अनिवार्य हुन्छ ।

समितिमा जिल्ला समन्वय प्रमुख संयोजक रहेर प्रमुख जिल्ला अधिकारी, प्रहरी–सशस्त्र प्रमुख, वन डिभिजन प्रमुख, आन्तरिक राजस्व प्रमुख र सम्बन्धित पालिकाका प्रतिनिधि रहने व्यवस्था छ ।

सरकारले असार १ देखि भदौ मसान्तसम्म खोला नदीमा उत्खनन रोक लगाउँछ । असोजपछि मात्रै उत्खनन प्रक्रिया सुरु गर्न पाइन्छ ।

पालिकाले क्ष्भ्भ् प्रतिवेदन तयार गरी अनुगमन समितिमा पठाएपछि मात्र समितिले स्थलगत अनुगमन गरी सिफारिस राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण समितिमा पठाउने व्यवस्था छ । चुरे समितिबाट स्वीकृति आएपछि मात्र पालिकाले ठेक्का आह्वान गर्न पाउँछ ।

जिल्ला अनुगमन समितिका सदस्य सचिव सावित्री श्रेष्ठका अनुसार “हालसम्म लमही उपमहानगरपालिका (२४ घाट), दंगीशरण (९ घाट) र बबई गाउँपालिका (११ घाट) को स्थलगत अनुगमन गरी चुरेमा सिफारिस भइसकेको छ ।

अझै चुरेबाट अनुमति पत्र आइपुगेको छैन । ढिलाइ पालिकाबाटै बढी हुने गरेको छ,”उनले भनिन । देउखुरीका प्रमुख पालिका राजपुर, गढवा र राप्ती गाउँपालिकाले भने अनुगमनका लागि अझै पत्राचारै नगरेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले बताए ।

स्थानीयका अनुसार प्रत्येक वर्ष ठेक्का प्रक्रियामा ढिलाइ हुँदा चोरी–निकासी दोहोरिन्छ । “चोरी–निकासी सजिलै हुने भएपछि ठेक्का प्रक्रियामा जानै नचाहने प्रवृत्ति बढेको छ,” निर्माण व्यवसायीहरू आरोप लगाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?