© 2026
काठमान्डौ, ३० कार्तिक ।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका तयारीस्वरूप निर्वाचन आयोगले खुला गरेको नयाँ दल दर्ता गर्ने समय आज साँझसम्म समाप्त हुँदैछ ।
आयोगमा पहिल्यै दर्ता भएका दलहरू पनि आगामी निर्वाचन प्रयोजनार्थ पुनः दल दर्ता प्रक्रियामा सहभागी हुनुपर्ने व्यवस्था छ । आयोगले फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुने भएपछि माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता आह्वान गरिसकेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म तथा राष्ट्रिय सभा निर्वाचनका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न आयोगले समय निर्धारण गरेको छ ।
दल दर्ताका लागि निवेदन दिँदा दलको विवरण, निर्वाचन आयोगमा प्रारम्भिक दर्ता मिति तथा आवश्यक अन्य कागजातहरू पेश गर्नुपर्ने आयोगले जनाएको छ ।