Butwal Today

अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिताको उपाधि न्यु होराईजनलाई 

३० कार्तिक २०८२, आइतबार
अ+
अ-

कार्तिक, ३० बुटवल । 

जिल्ला भलिबल सङ्घ रुपन्देहीको आयोजना गरेको जिल्ला स्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिताको उपाधि न्यु होराईजन माविले हात पारेको छ ।

बुद्ध पब्लिक सेकेन्डरी स्कुल देवदह र न्यु होराईजन बोडीङ स्कुल बिच भएको फाइनल खेलमा ३ सेट जित्दै न्यु होराईजन प्रथम हुन सफल भएको हो ।

पहिलो १ सेट हात पारेको बुद्ध पब्लिक ले पछि भने खेलमा फर्कन सकेन लगातार ३ सेट आफ्नो कोल्टामा पादै विजेता बनेको न्यु होराईजले नगद रु. ३० हजार कप मेडल प्रमाणपत्र हात पारेको छ भने उप विजेता बुद्ध पब्लिकले २० हजार कप मेडल प्रमाणपत्रमा चित बुझाउनु परेको हो ।

त्यस्तै मणि मुकुन्द स्कुल र कान्ति मावि बिच भएको खेलमा मणि मुकुन्द भलिबल क्लब विजयी भएको हो कान्तिलाई सोझो सेटमा हराउँदै मणि मुकुन्द तेस्रो हुन सफल भएको छ उसले नगद १० हजार कप मेडल प्रमाणपत्र हात पारेको छ भने कान्ति माविले सान्तोना ५ हजार कप मेडल प्रमाणपत्र हात पारेको खेल संयोजक लोकेन्द्र भन्डारीले बताए ।

समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश भलिबल सङ्घका अध्यक्ष योग गुरुङले विद्यालय स्तरमा हुने खेलकुदले खेलाडीको पहिचान र खेल विकासलाई टेवा पुग्ने बताए । भलिबल राष्ट्रिय खेल भए पनि सरकारले सोचे सजरी भलिबल खेललाई सहयोग नगरेको गुनासो गरे ।

प्रदेश अध्यक्ष गुरुङले भने स्थानीय विद्यालय सङ्घ संस्थाबाट हुने सानो सानो सहयोग बाट खेलकुद प्रतियोगिता सम्पन्न हुँदै आएको खेलकुदको विकास गर्न सबै पक्षको सहयोग जरुरी रहेको बताए ।

\न्यु होराईजनका प्राचार्य लोकनाथ उपाध्याय दीप बोर्डिङका प्राचार्य टिकाराम न्यौपानेले भलिबल खेलको विकास गर्न विद्यालय स्तरबाट खेलाडीको पहिचान र प्रतियोगिता हुनु जरुरी रहेको बताए ।

जिल्ला भलिबल सङ्घ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्यले विद्यालय स्तरमा हुने प्रतियोगिताहरूले खेलाडी उत्पादनमा सहयोग पुग्ने भन्दै भलिबल प्रतियोगिता आयोजना गर्न सजिलो भए पनि आर्थिक पाटो पुरा गर्न धेरै समस्या हुने गरेको बताए ।

विद्यालयमा होस जिल्लामा होस भलिबल प्रतियोगिताको माग भए पनि आर्थिक अभावका कारण धेरै प्रतियोगिताहरू गर्न नसकिएको बताए ।