© २०२३
काठमाडौं, ३० कात्तिक ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्ध दायर रिटमाथि आइतबार हुने भनिएको सर्वोच्च अदालतको सुनुवाइ स्थगित गरिएको छ । आज तय गरिएको सुनुवाइ भोलिसम्मका लागि सारिएको हो ।
उक्त रिटमाथिको सुनुवाइ न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको थियो । अन्तरिम आदेशसम्बन्धी मुद्दामा अब सोमबार सुनुवाइ हुनेछ ।
पछिल्लो केही समययता अस्थिर बनेको मधेश सरकारमा हाल सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा सरकार बनेको छ ।
तर तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले मुख्यमन्त्रीको सपथ असोज ३ गते महोत्तरी–सिन्धुली सिमानास्थित बर्दिबास नगरपालिका–३ को कालापानीमा पर्ने पानस होटेलमा खुवाएपछि विवाद उत्पन्न भएको हो ।
सो घटनाविरुद्ध मधेश प्रदेशका ७४ सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।