ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

बिहार चुनावमा ९० प्रतिशत सांसद करोडपति, १३० जनामाथि आपराधिक मुद्दा दर्ता

३० कार्तिक २०८२, आइतबार
३० कार्तिक २०८२, आइतबार

३० कात्तिक, काठमाडौं । नेपालको सीमावर्ती क्षेत्र भारतको बिहार राज्यमा हालै विधानसभा निर्वाचन सम्पन्न भएको छ ।

निर्वाचनमा विजयी भएका ९० प्रतिशत विधायक (सांसद) करोडपति रहेको पाइएको छ । बिहारको कूल २४३ सिटमा भएको निर्वाचनमा विजयी भएका १३० जनामाथि आपराधिक मुद्दा समेत दर्ता भएको छ ।

निर्वाचन पारदर्शितामा काम गर्दै आएको गैरसरकारी संगठन एशोसिएसन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अघिल्लो चुनावको तुलनामा यसपाली आपराधिक मुद्दा दर्ता रहेका विधायकको संख्या केही घटेको छ ।

सन् २०२० मा भएको निर्वाचनमा ६८ प्रतिशत विधायकविरुद्ध आपराधिक मुद्दा दर्ता थियो । यद्यपि यसपाली पनि निर्वाचित ५३ प्रतिशत विधायकविरुद्ध आपराधिक मुद्दा दर्ता रहेको पाइएको छ ।

एडीआरले बिहार विधानसभा निर्वाचन–२०२५ मा निर्वाचित उम्मेदवारहरूको पृष्ठभूमि र उनीहरूको हालको अवस्थाबारे विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा बिहार विधानसभाका २४३ सिटमा निर्वाचित विधायकको आपराधिक रेकर्ड, शिक्षा, सम्पत्ति आदिको विश्लेषण गरिएको छ ।

चुनाव जितेका धेरैजसो, अर्थात् १४३ उम्मेदवारमाथि गम्भीर आपराधिक मुद्दा दर्ता रहेको प्रतिवेदनमा उल्लेख छ । उनीहरूमाथि हत्या, अपहरण, महिला हिंसा, बलात्कार, भ्रष्टाचार, सरकारी सम्पत्तिमा नोक्सानी पुर्‍याउने साथै चुनावसँग जोडिएका संगीन अपराधका मुद्दा छन् ।

निर्वाचित १९ जना विधायकविरुद्ध हत्याको प्रयासको मुद्दा दर्ता छ । यस्तै ६ जनाविरुद्ध हत्यामा संलग्नता र ९ जनाविरुद्ध महिला हिंसाको मुद्दा दर्ता छ ।

९० प्रतिशत विधायक करोडपति

प्रति व्यक्ति आयका हिसाबले बिहार भारतको सबभन्दा गरिब राज्य मानिन्छ । तर, यहाँका नेताको सम्पत्ति भने अत्यधिक रहेको पाइएको छ ।

एडीआरको प्रतिवेदन अनुसार यसपटक बिहार विधानसभामा निर्वाचित २४३ मध्ये ९० प्रतिशत विधायक करोडपति छन् । सन् २०२० को चुनावमा यो आंकडा ८१ प्रतिशत थियो । यसपाली निर्वाचित ५५ जना विधायकसँग १० करोड (भारु)भन्दा बढीको सम्पत्ति छ । यस्तै ४४ विधायकसँग ५ देखि १० करोड रुपैयाँ बराबरको सम्पत्ति छ । ११९ जनासँग कम्तीमा १ देखि ५ करोड रुपैयाँको सम्पत्ति रहेको प्रतिवेदनमा उल्लेख छ ।

एडीआरको विस्तृत प्रतिवेदन अनुसार निर्वाचित सबै विधायकको सम्पत्ति जोड्दा कूल २,१९२.९३ करोड (भारु) आसपास हुन्छ, अर्थात् औसत सम्पत्ति ९ करोड आसपास छ । सन् २०२० को चुनावमा निर्वाचित विधायकसँग औसत ४.३२ करोड रुपैयाँको सम्पत्ति थियो ।

हरेक राजनीतिक दलमा करोडपति विधायकको संख्या उल्लेख्य रहेको पाइएको छ । जनता दल युनाइटेड (जेडीयू) का ८५ मध्ये ७८ जना, भारतीय जनता पार्टी (भाजपा) का ८९ मध्ये ७७, राष्ट्रिय जनता दल (आरजेडी) का २४ मध्ये २४, लोक जनशक्ति पार्टी (एलजेपी–राम विलास पासवान नेतृत्वको) का १९ मध्ये १६, कांग्रेसका सबै ६ र अल इन्डिया मज्लीस–ए–इत्तेहादुल मुस्लीमीन (एआईएमआईएफ) का ५ जना विधायक करोडपति छन् ।

विजयी विधायकको शैक्षिक योग्यता

यसपटकको बिहार विधानसभा निर्वाचनमा विजयी भएका ८४ विधायक पाँच कक्षादेखि १२ कक्षासम्म पढेका छन् ।

१४७ विधायकसँग स्नातक (ग्राजुएसन) वा सो भन्दा बढीको शैक्षिक योग्यता छ । यस्तै सात विधायकले आफूलाई साक्षर मात्र बताएका छन् । पाँच विधायकले डिप्लोमा (प्लस टु वा सो सरह) गरेका छन् ।

उमेरको हिसाब गर्दा बिहार विधानसभामा निर्वाचित २६ प्रतिशत विधायकको उमेर ६१ देखि ८० वर्षको बीच छ । ५९ प्रतिशत (१४३ जना) विधायकको उमेर ४१ देखि ६० वर्षको बीच छ । युवा विधायकको संख्या १६ प्रतिशत मात्रै छ, जो २५ देखि ४० वर्ष उमेर समूहमा पर्छन् ।

गत १४ नोभेम्बरमा सार्वजनिक भएको बिहार विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी र नितिश कुमारको जनता दल युनाइटेड (जेडीयू) सम्मिलित गठबन्धन, एडीएले भारी बहुमत हासिल गरेको छ । २०२ सिटका साथ नेशनल डेमोक्रेटिक अलायन्स (एडीए) ले बहुमत ल्याएको हो ।

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवका सुपुत्र तेजस्वी यादवलाई मुख्यमन्त्रीको रूपमा अघि सारेको महागठबन्धनको प्रदर्शन निराशाजनक रह्यो । कांग्रेस पनि समावेश भएको महागठबन्धनले यसपालीको चुनावमा जम्मा ३५ सिट जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?