Butwal Today

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक, पुस २३ मा मनोनयन दर्ता

३० कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आइतबार आयोगले कार्यतालिका सार्वजनिक गरेको हो । पुस २३ गते उम्मेदवारी दर्ता गर्न सकिने आयोगले जनाएको छ । माघ १ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुने छ ।

स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पुस १९ गते बिहान १०ः०० बजेदेखि ११ः०० बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ । मतदाता नामावलीमाथि दाबी–विरोध तथा निवेदन/उजुरीको छानबिन गरी पुस २२ गते दिउँसो ३ः०० बजेदेखि ४ः०० बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशित गरिने आयोगले जनाएको छ ।

त्यस्तै, पुस २३ गते बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गरिनेछ । पुस २४ गते बिहान १०ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म मनोनयनविरुद्ध उजुरी दर्ता गर्न सकिनेछ ।

पुस २७ गते बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् । त्यसपछि दिउँसो १ः०० बजेदेखि २ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ ।

आयोगका अनुसार पुस २८ गते बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रदान गरिनेछ ।

माघ ११ गते बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।