© २०२३
काठमाडौँ ।
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एआईजी डा. मनोज केसीले कार्कीलाई हात्तिबनबाट पक्राउ गरिएको जानकारी दिए ।
दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा थामशेरकु ट्रेकिङलाई लिजमा दिने क्रममा त्रुटिपूर्ण निर्णय गरेको आरोपमा कार्कीलाई पक्राउ गरिएको हो ।
यसअघि पूर्व सहसचिव लेखबहादुर कार्कीलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । ६६ वर्षीय उनलाई सिआइबीले कार्तिक २१ गते चितवनबाट पक्राउ गरेको थियो ।
करार सम्झौता हुँदा सूचनामा उल्लेख भएको कित्ताभन्दा बढी जग्गा थामशेरकुलाई हस्तान्तरण गरिएको पाइएको छ । सार्वजनिक सूचनामा दरबारमार्गस्थित कित्ता नम्बर ४६०६ मात्र लिजमा दिने उल्लेख गरिएको भए पनि सम्झौतामा अर्को कित्ता ४६०५ पनि थपेर करार गरिएको सिआइबीका एआईजी केसीले बताए ।
निर्माण अवधिसहित सो जग्गा ३० वर्षका लागि लिजमा दिएको पाइएको छ ।