© २०२३
लमही ,२९ कार्तिक ।
स्थापनाको ८ वर्षपछि आवश्यक कर्मचारीको दरबन्दीको यकिन गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओ एन्ड यम सर्वे सुरु भएको छ ।
साधरणतया संस्था स्थापनासँगै ओ एन्ड यम सर्वे गरिनुपर्नेमा अहिले त्यो काम पहिलो पटक सुरु भएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिए ।
ओ एन्ड यम सर्वेले समग्र संस्थाको संगठानिक संरचना र आवश्यक जनशक्तिको दरबन्दी तय गर्नेछ । हाल सुरु गरिएको ओ एन्ड यम सर्वेमा हालको ३ सय शैया र यसै आ.व. देखि निर्माण सुरु हुने ४ सय शैया गरी हालको र भविष्यमा आवश्यक जनशक्ति सम्बन्धी ओ एन्ड यम सर्वे गर्ने रजिस्ट्रार लम्सालले बताए ।
ओ एन्ड यम सर्वेमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न विभिन्न काउन्सिलहरू र चिकित्सा शिक्षा आयोगको मापदण्डलाई पनि आधार मानिने छ ।
ओ एन्ड यम सर्वे गर्न ढिलो त भएकै हो, तर प्रतिष्ठानलाई सुव्यवस्थित बनाउन अबका दिन द्रुत गतिमा कार्य अगाडी बढाइनेछ” रजिष्ट्रार प्रा. श्याम लम्सालले भने । ओ एन्ड यम सर्वे को नेतृत्व पूर्व सचिव गोपी मैनालीले गर्नेछन् ।