Butwal Today

शान्ति चित्रकलामा आरआरकी दिइसा प्रथम

२९ कार्तिक २०८२, शनिबार
अ+
अ-

बुटवल, २९ कार्तिक ।
बालबालिकाहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्येश्यका साथ बुटवलमा आयोजना गरिएको चित्रकला प्रतियोगितामा आरआर इगलिस बोर्डिङ स्कुलका दिइसा खनाल प्रथम भएकी छिन । लायन्स ईन्टरनेश्नलको ‘टुगेदर एज वन्स’ थिममा रहेर आयोजना गरिएको शान्ति पोस्टर प्रतियोगितामा उत्कृष्ट चित्र कोर्दै खनाल प्रथम भईन ।

लायन्स क्लब अफ बटौली र लायन्स क्लब अफ रुपन्देहीको संयुक्त आयोजनामा नयागाउ पार्टी प्यालेसमा शुक्रबार भएको प्रतियोगितामा न्यू स्टयाण्डर्ड ईगलिस बोर्डिङकी राखी चुदाली दोस्रो तथा रम्भादेवी सेकेण्डरी स्कुलका कुशल भट्टराई तृतिय भए ।

लायन्स ईन्टरनेश्नल डिष्ट्रिक ३२५ पी का डिजी बालाराम भट्टराई, लायन्स क्लब अफ बटौलीका अध्यक्ष बिष्णु गौतम, लायन्स क्लव अफ रुपन्देहीका अध्यक्ष घनश्याम घिमिरे, शारदा ज्ञवालीले विजेता, उपविजेता छात्रछात्राहरुलाई नगद, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरे ।

लायन्स ईन्टरनेश्नल डिष्ट्रिक ३२५ पी का डिजी बालाराम भट्टराईले बालबालिकाहरुलाई अध्ययनसंगै उनिहरुमा रहेको सिर्जनात्मक कला प्रस्फुटन गराउन कार्यक्रम उपयोगी सिद्ध हुने बताए ।

कार्यक्रमबारे प्रकाश पार्दै लायन्स क्लब अफ बटौलीका अध्यक्ष बिष्णु गौतमले हेर्दा सानो देखिएपनि बालबालिकाहरुको प्रतिभा प्रस्फुटन र बाल मष्तिष्कलाई गर्ने उपयुक्त माध्यमका रुपमा चित्रकला रहेको बताए । विश्व शान्तिको सन्देश दिने गरि आयोजना गरिएको बिद्यालय स्तरिय प्रतियोगितामा ७ विद्यालयका १३ जना छात्रछात्राहरुले भाग लिएको क्लबका सचिव श्रीधर पोखरेलले बताए ।