© २०२३
काठमाडौँ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पनि विजेताको पुरस्कार राशि यथावत रहने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार गरेको पत्रकार सम्मेलनमा सचिव पारस खड्काले एनपीएलको पुरस्कार राशि नबढ्ने जानकारी दिए ।
गत वर्ष सम्पन्न पहिलो संस्करणमा विजेता टोलीले १ करोड १० लाख रुपैयाँ प्राप्त गरेको थियो भने उपविजेता टोलीले ५१ लाख रुपैयाँ पाएको थियो । साथै तेस्रो हुने टोलीलाई २५ लाख र चौथो हुने टोलीलाई १५ लाख पुरस्कार प्रदान गरिएको थियो ।
खेलाडीलाई व्यक्तिगत रूपमा प्रदान गरिने पुरस्कारबारे भने पछि जानकारी गराइने क्यान सचिव खड्काले पत्रकार सम्मेलनमा बताए ।