© २०२३
बुटवल, २८ कात्तिक ।
राधाकृष्ण युवा क्लबले स्पाईनल कड इन्फेक्सन भएका बुटवल उपमहानगरपालिका–१२, तामनगरका अस्विन कुमार भट्टराई सहयोग नगद तथा खाद्यान्न सहयोग गरेका छन् । सामाजिक र खेलकुद गतिविधिमा योगदान दिदै आएको क्लबले आयोजना गरेको ‘२० औ सास्कृतिक साझ’ कार्यक्रमबाट बचत रकममध्ये भट्टराईलाई करिब १८ हजार मूल्य बराबरको खाद्यान्न सहयोग हस्तान्तरण गरेको हो ।
विहिबार एक कार्यक्रम गरी क्लबका अध्यक्ष रिमबहादुर सारु, वरिष्ठ उपाध्यक्ष राज कुमार भट्टराई, सचिव शकर परियार, कोषाध्यक्ष बिश्वजित ताम्राकार, सदस्य संतोष भण्डारी, दिल बहादुर बनियाले भट्टराईलाई घरमै चामल ५० केजी, आलु ५० के.जि., प्याज १५ केजि, दाल ५ के जि., तोरिको तेल १ पेटि, सोयबिन ३ केजी, नुन ५ केजी, मसला सहयोग हस्तान्तरण गरे ।
पीडित भट्टराईले बिरामी परेर १६ महिनादेखि बिस्तारमा पुगेपछि परिवारको बिचल्ली परेको बताए । छातीभन्दा तलको भाग नशामा समस्या भई चलाउन नसक्ने अवस्था भएको उनले बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष रिम बहादुर सारुले चाडपर्वको विशेष सास्कृतिक कार्यक्रमसगै सहयोग रकम हस्तान्तरण गरिएको बताए ।
क्लबका पदाधिकारीसहित समाजसेवीहरु वजिर शाह, मनिष रेहानबाट समेत सहयोग संकलन भएको क्लबका सचिव शकर परियारले बताए । यसअघि क्लबले सास्कृतिक साझ सम्पन्न गरेपछि ४ जना मिर्गौला पीडितलाई नगद १५ हजार तथा आपाङ्गता भएकालाई ५ हजार रुपैया सहयोग हस्तान्तरण गरेको थियो ।