ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

लुम्बिनी प्रादेशिक अस्पताल : सेवा विस्तार र प्रविधिक सुधारमा उल्लेखनीय फड्को

२८ कार्तिक २०८२, शुक्रबार
२८ कार्तिक २०८२, शुक्रबार

रुपन्देही ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पछिल्ला पाँच वर्षमा सेवा विस्तार, पूर्वाधार विकास र प्रविधिक सुधारका कारण प्रदेशभरका सार्वजनिक अस्पतालका लागि सफल मोडेल बनेको छ। मेसु डा. इन्द्र ढकालको नेतृत्वमा अस्पतालले सर्जरीदेखि आकस्मिक उपचार, ओपीडी, प्रसूति सेवा, प्रयोगशाला र क्यान्सर पहिचानसमेतका क्षेत्रमा उल्लेखनीय फड्को मारेको छ।

डा. ढकालका अनुसार पाँच वर्षअघिको अवस्थासँग तुलना गर्दा आज अस्पतालले उपचार क्षमतामा ठूलो वृद्धि गरेको छ। सर्जरी २०७७÷७८ को ५ हजार ९८७बाट बढेर २०८१÷८२ मा ९ हजार ६७६ पुगेका छन्। ओपीडी सेवा १२२ हजार ८६४ बाट ३ लाख ८८ हजार ८४२ पुगेको छ। भर्ना भएर उपचार लिने संख्या १७ हजार ९०० बाट २८ हजार ३९४ पुगेको छ भने आकस्मिक सेवामा ४४ हजार ८१३बाट ७९ हजार २४३ पुगेर दोब्बर वृद्धि भएको छ। यी तथ्यांकले अस्पतालको विश्वसनीयता र जनताको भरोसा दुवै बढिरहेको स्पष्ट देखाउँछन्।

आधुनिक १२ तले भवन निर्माणाधीन रहेको अस्पतालले आगामी वर्षदेखि झनै विस्तारयुक्त र व्यवस्थित सेवा दिन सक्ने अपेक्षा गरिएको छ। अस्पताल भित्रै स्थापना गरिएको रक्त संकलन केन्द्रले सेवाग्राहीलाई रगत पाउन सहज बनाएको छ। दैनिक १५–२० जनाले मात्रै रक्तदान गरे पनि ३५–४० पोका रगत आवश्यक पर्ने भएकाले मेसु ढकालले सबैलाई नियमित रक्तदानमा सहभागी हुन आग्रह गरेका छन्। रक्त सञ्चार केन्द्र बुटवल र नेपाल रेडक्रसको निरन्तर सहयोगबिना सेवा सहज नहुने उनले उल्लेख गरे।

अस्पतालले स्तन क्यान्सरको जोखिम बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक सञ्चालनमा ल्याएको छ। यस प्रविधिबाट लक्षण नदेखिएको अवस्थामा पनि स्तनभित्रको सानो गाँठो र टिश्यु परिवर्तन पहिचान गर्न सकिने भएकाले महिलामा क्यान्सर प्रारम्भमै पत्ता लाग्ने र उपचारको सफलता दर बढ्ने विश्वास गरिएको छ।

स्वचालित ल्याब रिपोर्ट डिस्प्याच प्रणाली, अनलाइन टिकेटिङ, डिजिटल काउन्टर र फार्मेसीतर्फ सात क्यास काउन्टर जडान भएपछि भीड व्यवस्थापनमा ठूलो सहजता आएको छ। आकस्मिक र रात्रीकालीन सेवालाई प्रभावकारी बनाउन अस्पतालले छुट्टै ड्यूटी अफिसर व्यवस्था लागू गरेको छ, जसले राति हुने जटिल केससमेत छिटो उपचार गर्न सहयोग पु¥याइरहेको छ।

प्रसूति सेवाका लागि छुट्टै भवन र शल्यक्रिया कक्ष विस्तारपछि मातृत्व सेवामा गुणस्तर र सहजता दुवै बढेको अस्पतालले जनाएको छ। अस्पतालका मेसु डा. ढकालले निरन्तर सुधार, सेवा विस्तार र प्रविधिक आधुनिकताकै कारण लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशभरका सरकारी अस्पतालका लागि सफल उदाहरण बन्दै गएको प्रतिक्रिया दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?