Butwal Today

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो

२८ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

आज सुन–चाँदीको मूल्य सामान्य रूपमा घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य ५ सय रुपैयाँले घटेर तोलाको २ लाख ४९ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो सुन तोलाको २ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि ६० रुपैयाँले घटेर आज तोलाको ३ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य ३ हजार ३ सय ४५ रुपैयाँ रहेको थियो ।