© २०२३
काठमाडौं, २८ कात्तिक ।
भदौ २३ र २४ गते हुने जेनजी आन्दोलनलाई संस्थागत गर्ने विषयमा जेनजीहरू अब एक भएका छन् ।
यसअघि फरक फरक समूहमा रहेर आ–आफ्नो मागपत्र बुझाएका जेनजी समूहले अब एक भएर सम्झौताको ड्राफ्ट तयार गरेका छन् ।
जेनजी मुभमेन्ट अलायन्स, सुदन गुरुङ समूहको द काउन्सिल अफ जेनजी र जेनजी फ्रन्टले साझा प्रस्ताव तयार गरेका हुन् । एक जेनजी अगुवाले भने, हामीले लामो छलफलपछि साझा ड्राफ्ट तयार पारेका छौं आज प्रधानमन्त्रीलाई त्यस म्यान्डेट बुझाउँदै छौं ।
अब यसमा सरकार पक्षले केही काम गरेपछि राष्ट्रपतिसँग औपचारिक सम्झौता हुनेछ यसले हाम्रो आन्दोलनलाई वैधानिकता दिनेछ । यसअघि जेनजी मुभमेन्ट अलायन्स र जेनजी फ्रन्टले छुट्टाछुट्टै प्रस्ताव प्रधानमन्त्री कार्यालयमा बुझाएका थिए ।