© २०२३
सांस्कृतिक सम्पत्तिको दोहन र चोरी होइन, संरक्षण गरौँ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पत्तिको अवैध तस्करी विरुद्धको दिवस नेपालमा पनि मनाइँदै छ ।
यो दिवसले सांस्कृतिक सम्पत्तिको अवैध तस्करीका कारण हुने हानी र सांस्कृतिक सम्पदामा पर्ने गम्भीर प्रभावको बारेमा जनचेतना फैलाउन मद्दत पु¥याउँछ ।
नेपालका अमूल्य सम्पदा विदेशमा लगेर विक्री गर्ने गिरोह सक्रिय भइरहेको बेला यो दिवस मनाउनु आफैमा महत्त्वपूर्ण छ । दिवसकै अवसरमा भन्नुपर्दछ– हाम्रो अमूल्य सम्पदा चोरी भएका छन् ।
ती सम्पदा विदेशमा बिक्री भएका छन् । कतिपय अमूल्य बस्तु विदेशबाट नेपाल फर्काएको उदाहरण पनि छन् । नेपालमा हजारौँ वर्ष पुराना कला, संस्कृतिका अमूल्य निधि छन् ।
ती अमूल्य निधिको संरक्षणमा सरकारले चासो र चिन्ता तथा सुरक्षा गर्न नसक्दा मुलुकले ऐतिहासिक कला गुमाउँदै गएको छ । नेपालका सांस्कृतिक सम्पदा र धरोहर विदेशमा र देशमै पनि चोरी तस्करी भइरहेको छ ।
यसलाई नियन्त्रण गरे मात्र नेपालका वीर पुर्खाले जोगाएको अमूल्य निधि तथा सम्पत्ति संरक्षण हुन्छ । यसमा नेपाल सरकार र प्रहरी प्रशासनको ध्यान जानु जरुरी छ ।
हाम्रा सांस्कृतिक सम्पदा तथा धरोहरहरू हाम्रो पहिचान, इतिहास र मौलिकताको प्रतीक हुन् । यिनको संरक्षण देशको नागरिक भएको नाताले हामी सबैको जिम्मेवारी र कर्तव्य हो । तर दुर्भाग्यवश, यी सम्पत्तिहरू चोरी, तस्करी र विनाशको चपेटामा पर्दै गएका छन् ।
अतः यो दिवसको अवसरमा हामी सबैले सांस्कृतिक सम्पदाको संरक्षण र यसको अवैध व्यापार रोक्न अन्तर्राष्ट्रिय समुदायको सङ्कल्पलाई बलियो बनाउने सन्देशलाई अझै जनजनमा पु¥याउनु जरुरी छ ।
सांस्कृतिक तथा ऐतिहासिक सम्पदामाथि खलल पु¥याउने जो कोहीलाई कडाभन्दा कडा कारबाही गर्ने व्यवस्था ल्याउनुपर्दछ । अनि मात्र यी सम्पदा जोगाउन सहयोग पुग्नेछ ।
हाम्रो मुलुक जहाँ पुराना हजारौँ वर्ष पुरानो मूर्ति, मन्दिरका कलाकृति र ऐतिहासिक धरोहरहरूको राजधानी हो । यी सम्पदा हाम्रो सांस्कृतिक पहिचान र गौरवका प्रतीक हुन् ।
हाम्रो पुरानो पुस्तामा त्यो कला थियो जसले नेपाललाई कलामा विश्वकै पृथक् मुलुकको रूपमा पहिचान दिने सामर्थ्य थियो । तर, आज तिनै कलाकृति चोरी भइरहेका छन्, विक्री भइरहेका छन् । विदेश पु¥याइएका घटना छन् ।
यो गम्भीर चिन्ताको कुरा हो । त्यसैले आजको दिन र यो दिवसले सांस्कृतिक सम्पत्तिको संरक्षण र यसतर्फ सबैको सचेतना बढाउन विशेष जोड दिएको छ । यो दिवसले सांस्कृतिक सम्पत्तिको अवैध तस्करीका कारण हुने हानी र सांस्कृतिक सम्पदामा पर्ने गम्भीर प्रभावको बारेमा जनचेतना फैलाउन मद्दत पु¥याउँछ ।
तसर्थ हाम्रा गौरवपूर्ण सम्पदाको संरक्षणमा अव ढिलाइ नगरौँ । नेपाल प्राचीन मठमन्दिर, मूर्तिहरू, देवल, पाटी, पौवा, धर्म स्थल, स्मारकमा धनी छ । ती ऐतिहासिक सम्पदा अहिले पनि खुला आकाशमुनि छन् ।
पर्खाले जोगाइदिएको अमूल्य सम्पदाको सुरक्षा गर्न हामी सक्दैनौँ । वास्तवमा हामी नेपाली संस्कृति संरक्षणमा उदासीन हुँदै गएको अनुभूति हुन्छ । अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पत्तिको अवैध तस्करी विरुद्धको दिवस नेपालमा आज मनाईदैछ ।
यो दिवसले कम्तीमा पनि हाम्रो सांस्कृतिक सम्पदा र इतिहास जोगाउने काममा सहयोग गरोस् । यो दिवसले सांस्कृतिक सम्पत्तिको संरक्षण गर्नुपर्छ भन्ने सन्देश फैलाउन मद्दत गरोस् । हामी नेपालीको पहिचान भनेको यिनै सम्पदा र धरोहर हुन ।
यिनको रक्षा गरौँ । अव बोलेर होइन, व्यवहारमा लागू गरेर नेपालको गौरव विश्वमाझ पु¥याऔं । दिवसको अवसरमा औपचारिकता मात्रै होइन, साँचो अर्थमा दिवसप्रतिको प्रतिविद्धताको खाँचो छ ।
भोलिको दिनमा नेपालका यी महत्त्वपूर्ण कला सम्पदा विश्वको कुनै एक कुनाबाट स्वदेश फर्काउनुपर्ने अवस्था नआओस् । त्यसका लागि फेरी पनि सरकार सचेत हुनु जरुरी छ ।