ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

शिविरले फर्कायो ज्योति 

२८ कार्तिक २०८२, शुक्रबार
२८ कार्तिक २०८२, शुक्रबार

कपिलवस्तु, २८ कार्तिक । 

कपिलवस्तुको महाराजगन्ज वडा नं. ७ लगडाकी ज्येष्ठ नागरिक इन्द्रावती तिवारीको अनुहारमा प्रष्टै खुसी झल्किएको थियो ।

महाराजगन्जको निर्माण पुरा हुँदै गरेको आधारभूत अस्पतालमा आयोजित २ दिने निःशुल्क आँखा उपचार शिविरमा उनको बायाँ आँखाको मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया भएको थियो ।

बुधबार आँखाको शल्यक्रिया गराएकी उनले बिहीबार अस्पताल परिसरमा चस्मा र औषधी समेत आयोजकबाटै निःशुल्क प्राप्त गरिन । उनले आयोजकलाई धन्यवाद दिँदै आफूहरूको दृष्टि फर्किदा साह्रै खुसी लागेको बताइन । “खुसी लागेको छ । नेत्र हीन जस्तै थियौँ । निःशुल्क उपचार पाउँदै खुसी छु ।

आर्थिक अभावले आँखाको अप्रेसन गर्न नपाएका हामी जस्ताको लागी राम्रो भयो ।” उनले भनिन । उनी जस्तै नम्बर १ का नर्दाहे कुर्मीले समेत मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया गराउन पाए ।

“धेरै गरिब यस्ता छन् की अस्पतालमा गएर उपचार र अप्रेसन गराउन सक्दैनन् । नगरपालिकाले आँखाको ज्योति मात्रै फर्काउने कार्य गरेको होईन की नेत्र दान जस्तै पुण्य कार्य गरेको छ ।”

उनले नगरपालिकालाई धन्यवाद दिँदै भने । शिविरबाट वृद्धावस्थाका गरिब र धनी सबैले सुविधा पाएको उनले बताए । गरिब दुखी टाढाको अस्पतालमा पैसा खर्च गर्नु पर्नेमा पालिकाले घरदैलोमै अप्रेसन सेवा दिएर आफूहरूलाई आँखाको ज्योति फर्काएको मोतिया बिन्दु अप्रेसन गराएकी वडा नम्बर ११ बनगाईकी बहावना कोरीले बताइन ।

ईन्द्रवती, नर्दाहे र बहावनाले चस्मा बाड्न आएका नगरप्रमुख अब्दुल कलामलाई धन्यवाद दिए । प्रमुख कलामले सबैलाई आफूलाई थप राम्रो गर्न प्रेरणा र आर्सीवाद दिन आग्रह गरेँ ।

दृश्य थियो, बहादुर गन्ज आँखा अस्पतालको प्राविधिक सहयोगमा महाराजगन्ज नगरपालिकाले वडा नम्बर १ आधारभूत अस्पतालमा आयोजना गरेको २ दिन निःशुल्क आँखा शिविरको ।

दुई दिने शिविरमा फेला परेका नगरपालिकाका १ सय ८५ मोयिाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो । शिविरमा ७ सय ७१ जना आँखाका बिरामीको आँखा परीक्षण तथा उपचार गरिएको थियो ।

शिविरमा आएका बिरामीमा मोतिया बिन्दु, आँखाको चोटपटक, दृष्टिदोष लगायतका समस्या देखिएको थियो । उपचार गराउन आएका बिरामीलाई निःशुल्क शल्यक्रिया सँगै औषधी र चस्मा वितरण गरिएको हो ।

शल्यक्रिया गरिएका बिरामीलाई निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य, महाराजगन्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम खाँ, उपप्रमुख रिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रेग्मी, वडा अध्यक्ष प्रमोद चौधरी, युवा समाजसेवी अफ्ताब आलम, स्वास्थ्य शाखा प्रमुख राधेश्याम चौधरी र प्राथमिक स्वास्थ्य चौकी महाराजगन्जका प्रमुख दीपक जयसवाल लगायतले चस्मा र औषधी वितरण गरेका थिए ।

शल्यक्रिया मार्फत आँखाको ज्योति फर्काउनु ठुलो पुण्यको काम भएको र पालिकाले निरन्तर निःशुल्क मोतियाबिन्दूको अप्रेसन गराउँदै आएको नगर प्रमुख अब्दुल कलामले बताए ।

गत वर्ष पनि पालिका भरका ७ सय ५० जना नागरिकको निःशुल्क मोतिया बिन्दुको अप्रेसन गरिएको उनले जनाए । “म शिसवा गाविसको अध्यक्ष हुँदा देखि नै आँखा स्वास्थ्यलाई प्राथमिकता दिएर निःशुल्क अप्रेसनका कार्यक्रम गराउँदै आएको छु । यो कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने छ ।” उनले भने ।

नगरपालिकाले हरेक वर्ष प्राथमिकताका साथ आयोजना गर्ने निःशुल्क आँखा शिविरले गरिब र विपन्नलाई ठुलो राहत पुग्ने गरेको निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यले बताए । दृष्टि फर्काउने कार्य पुण्यको कार्य भएको उनको भनाई थियो ।

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले स्वास्थ्यको क्षेत्रलाई प्राथमिकता दिँदै पूर्वाधार र सेवा सुधारमा कार्य गर्दै आएको छ । पालिकाले आँखा शिविरलाई समेत विशेष प्राथमिकता दिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?