ट्रेंडिंग:

>> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित

बुटवल हस्पिटल प्रालिमा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन

२८ कार्तिक २०८२, शुक्रबार
२८ कार्तिक २०८२, शुक्रबार

बुटवल।

यस क्षेत्रमा रगतको चरम अभाव भइरहेका बेला बुटवल हस्पिटल प्रा.लि.ले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

विश्व मधुमेह दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा अस्पताल परिसरमै १०१ युनिट रगत संकलन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो। वार्षिक कार्ययोजनाअनुसार वर्षमा दुई पटक रक्तदान कार्यक्रम गर्दै आएको बुटवल हस्पिटलले हाल रगत अभाव अत्यधिक भएको जानकारी पाएपछि आकस्मिक रुपमा यो कार्यक्रम आयोजना गरेको हो।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको बताए। एक पोका रगतले बिरामीको ज्यान बचाउन सकिने भएकाले रक्तदान अत्यन्तै महत्वपूर्ण सामाजिक कार्य भएको उनको भनाइ थियो।

कार्यक्रममा बुटवल हस्पिटल प्रा.लि.का उपाध्यक्ष ललित प्रसाद खरेल, सचिव मोहन प्रसाद पाण्डे, मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण प्रसाद खनाल, वरिष्ठ फिजिसियन डा. नन्दु प्रसाद पाठक, रक्तसञ्चार केन्द्रकी संयोजक राधा शर्मा, स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान लगायतले रगतको महत्वबारे मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा अस्पतालका चिकित्सक, कर्मचारी, बिरामीका आफन्त तथा शुभेच्छुकहरूले उत्साहपूर्वक रक्तदानमा सहभागिता जनाएका थिए। आजभन्दा २५ वर्षअघि स्थापना भएको बुटवल हस्पिटल प्रा.लि.मा हाल करिब ३ सय कर्मचारी कार्यरत छन्। दक्ष जनशक्ति, अत्याधुनिक प्रविधियुक्त उपकरण तथा सुविधा सम्पन्न भौतिक संरचनाको संयोजनका कारण बिरामीहरूको उपचार सेवा प्रभावकारी र सहज बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?