Butwal Today

आज देशभरको मौसम सफा रहने

२७ कार्तिक २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

आज देशभर मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ।

देशका बाँकी भागमा भने आज मौसम सफा रहने बताएको छ। त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहनेछ।