ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

जेनजीको मर्म र भावना नबिर्सियोस् 

२७ कार्तिक २०८२, बिहीबार
२७ कार्तिक २०८२, बिहीबार

केपी शर्मा ओली शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल लगायत ठुला सांसदवादी दलहरू ठुला दलसित जोडिएर आलोपालो या अरू कुनै यान्त्रिक उपायद्वारा सत्ता स्वादमा रमाउन पल्केका संसदवारी दलहरू प्रतिनिधि सभा संसद विघटन भएकोमा पीरले छटपटाएका छन् ।

खासगरी केपी शर्मा ओलीलाई संसद विघटनको पीरको औडाहाले एकसय डिग्री ज्वरो आएको अवस्था छ ।

आफू प्रधानमन्त्रीमा नियुक्त भएपछि तत्कालीन राष्ट्रपति विद्यादेवी समक्ष पद तथा गोपनीयताको सपथ लिने क्रममा पदको दुरूपयोग गर्ने छैन भनी इश्वरलाई साक्षी राखेर प्रतिज्ञा गर्ने जो विश्वव्यापी प्रचलन छ, त्यो प्रचलनलाई तोड्दै ईश्वरको नाम लिँदा त्यो पर्दैन भनेर आफूलाई इश्वरीय सत्ता भन्दामाथि देखाएर दम्भ र घमण्ड प्रकट गर्दा उनको त्यस बेलाको अलक्षिनले देशमा कहालीलाग्दो संकट निम्तिने त होइन भन्ने जुन त्रास दैवी सत्तामा आस्था राख्ने आम नेपालीको मनमा छाएको थियो, पछिल्लो घटनाक्रमले त्यसलाई सही सावित गरायो भनिन्छ । ओलीको त्यो वेलाको अलक्षिन यो नियति हो ।

आफू ओहदाको कुर्चीमा वस्नासाथ तपाइको कार्यकालमा देशले के के उपलब्धी हासिल गर्ने छ भनी पत्रकारहरूले सोधेको प्रश्नलाई जवाफ दिने क्रममा भनेका थिए– म मेरो कार्यकालमा यो देशलाई अग्रगामी प्रगतिशील, प्रजातान्त्रिक र व्यावहारिक दृष्टिकोणको आधारमा व्यापक दृष्टिकोण लिएर काम गर्नेछु ।

सबै देशवासीहरू ढुक्क भए हुन्छ । तुईनहरू विस्थापित गर्न खोला खोला पुलहरू बन्नेछन् । ग्याँस सिलिण्डरको विस्थापनको आगि धेरै धेरै ग्याँसका पाइपलाइनहरू घरघरमा जोडिनेछन् । गाउँगाउँमा अस्पतालहरू खुल्नेछन् ।

ओखती गर्न नसकेर कुनै नेपालीले अकालमा ज्यान गुमाउनु पर्ने छैन आदि इत्यादि के के हो के के । मिष्टर ओलीका यी कर्णप्रिय र अनि मधुर बाँणीको आकर्षणले केवल उनको कार्यकर्ता र झोलेहरू मात्र होइन कुनै दल विशेषमा आवद्ध नभएका स्वतन्त्र नागरिकहरू, राजनीतिज्ञ, अर्थशास्त्री, समाजसेवी, विश्लेषक, शिक्षक, विद्यार्थी, पत्रकार, लेखकलगायत सबै बुद्धिजीवीहरूमा उनीप्रति ठूलो भरोशा जागेको थियो । त्यसैले उनी निसन्तानै भएपनि सबैका बा कहलाइन्थे ।

केपी बा हाईहाई आय लभ यू केपी बा हजारौं कण्ठहरूबाट यिनै स्वरहरू गुञ्जिएको सुनिन्थ्यो । त्यस्तै काँगे्रस कार्यकर्ताका मात्र दाई नभएर धेरै नेपालीका दाई बनेका थिए शेरबहादुर । प्रचण्ड माथि पनि धेरैको विश्वास थियो तर, आज त्यो अवस्था छैन । नेपाली समाजको प्रत्येक सचेत वर्गले यिनीहरूको नाम लिनासाथ घृणा र आक्रोश भरिएको छ ।

यिनीहरू प्रति आफनो असन्तोष र आक्रोशलाई केवल जेनजी युवा समुदायले मात्र होइन के बालक, के बृद्धा, के पेशाकर्मी, के वेरोजगार, के गृहस्थ, के साधुसन्त, बैरागी सबैको निम्ति घृणा उपेक्षा, तिरष्कार र खेदकामात्र बनेका छन् । देश यिनीहरूका विरुद्ध सशक्तरूपमा जुर्मुराएको छ ।

यस्तो अवस्था किन आयो ? यसको एक मात्र उत्तर छ– आजसम्म यिनीहरूले देखाउँदै आएको पाखण्डी व्यवहारको खुलासा यि पात्रहरूले पाखण्डी नारा तथा तर्कको आधारमा जनतालाई धेरै उल्लू बनाए ।

कोरा सिद्धान्तको आडमा यहाँ नातावाद र मनपरी तन्त्रलाई निरन्तर छुट दिने काम भयो । बाहिर बाहिर थुतुनाले लोकतन्त्रको रटान गर्ने अनि भित्रभित्र शोषण, दमन र अत्याचारबाट जनतालाई पेल्नेसम्म पेलियो । सत्ताधारीहरूको संरक्षणमा उनका झोलेहरूको छाडा व्यवहारले सीमा पार भयो । मनपरीतन्त्रले निरन्तरता पायो ।

नेपाली जनताले आफ्ना आधारभूत राजनैतिक, आर्थिक तथा सामाजिक अधिकारहरू निरन्तर खोसिदै गएको अनुभव गर्न थाले । कहिले राष्ट्रिय परिचयपत्रका नाममा कहिले विदेशी नागरिकहरू र उनका सन्तानलाई सजिलैसित नागरिकता दिने नाममा विभिन्न वहाना बाजीमा नेपाली भूमिमा विदेशीहरूलाई हरेक सुविधा र नेपालीलाई यहाँ बाँच्न टिक्नै कठिन अवस्था सिर्जना गरिएको हुनाले नै उनीहरूको पतन र देशले यो नियति भोग्नु परेको हो ।

र, नेताहरू यसरी जनताको नजरमा कोपभाजन वनेका हुन् । यसमा कुनै शंका छैन ।  यसले निराशाजनक अवस्थामा आशाका किरणहरू बोकेर आएको सुशीला कार्की सरकारले देशका नागरिकहरूको असन्तुष्टीलाई बुझेर निकै सुझावका साथ काम गर्नुपर्दछ ।

यो सरकारको पहिलो काम भनेको आन्दोलनका क्रममा पहिलो दिन भाद्र २३ मा नृशंसत्तापूर्वक बालबालिकाहरूको हत्या गरे गराएका सबै अपराधीहरूलाई कानुनको दायरामा ल्याई उचित दण्ड दिलाउनै पर्दछ ।

यसमा कत्तिपनि ढिलाइ हुनुहँुदैन । दोश्रो कुरा महंगी र अभावबाट ज्यादै पीडित वनेका जनतालाई महँगी र अभावको पछाडि रहेको मूलकारण कालावजारिया, नाफाखोरहरूलाई बत्ति बालेर खोज्नुपर्छ र उनीहरूलाई पनि दण्ड सजाय दिइनु पर्दछ । आर्थिक अनुशासनहीनता र भ्रष्टाचार देश विकासको निम्ति तगारो हो ।

पूर्ववर्ती सरकारहरूले यो कुरालाई नबुझेका होइनन् अपितु बुझिबुझिकन पनि बुझ पचाए । उनीहरूले कालाबजारिया, भ्रष्टाचारी र नाफाखोरसित कमिसन खाएर उनीहरूका दुष्कर्महरूप्रति आँखा बन्द गरेर बसे । यस्तै तत्वहरूलाई पार्टी भित्र हुली कांगे्रस, कम्युनिष्ट पार्टीलाई जालीफटाहा, सामन्तीहरूको खेल मैदान बनाए ।

यसले गर्दा समाज भाँडियो र राजनीति दूषित बन्यो । देशमा धनी र गरीबवीचको खाडल झनझन गहिरिदै गयो । यसले गर्दा जनतामा असन्तुष्तीका पर्खालहरू भ्mनझन अग्ला हुँदै गए । त्यसैमा निरन्तर राजनैतिक भेदभाव विरोधका आवाजहरू वन्द गराउन सरकारी घुुुुुसपैठ र दमन, हिंसा, आगजनी र आतंक भए ।

यस्तो अवस्थाले कसलाई चिन्तित तुल्याएको छैन ? तसर्थ वर्तमान सरकारको ध्यान यतातर्फ अझै पनि किन गएको देखिदैन ? छिट्टै ध्यान जाओस् । देशमा विद्यमान स्थिति प्रति प्रधानमन्त्री, मन्त्री सबैको ध्यान आकर्षित होस् ।

जनताको मनमा छटपटी छ । जनता जनार्दनमा यस्तो छटपछी किन जाग्यो ? यो छटपछी दिनानुदिन झनझन बढदैछ किन ? सरकारले यो जनताका मनको छट्पटीलाई नबुझेको जस्तोगरी उपेक्षा गर्न थाल्यो भने त्यसपछिको अवस्था झनै भयावह वन्ने छ । राष्ट्रिय वर्वादीलाई सरकारले जानीबुझीकनै निम्तो दिए सरह हुनेछ, त्यस्तो नहोस् ।

बिश्लेषकहरूले भन्न थालेका छन्– यो सरकारको पनि वस्तुनिष्ट दृष्टिकोण छैन । सिद्धान्तको आधारमा राजनीति र प्रशासन हाँक्न सक्ने गुण र क्षमता नभएको सरकारले केही दिन सक्ने वाला छैन ।

त्यसर्थ यस सरकारले पनि राजनीतिमा मनपरितन्त्र, प्रशासनमा लुटतन्त्र र आर्थिक क्षेत्रमा अराजकतावादी बोलवाला कायमै राख्ने छ । ओली सरकार ढलेर सुशीला सरकार आएपनि केही वीसको उन्नीस हुनैवाला छैन ।

किनभने वोतल नयाँ भएपनि रक्सी पुरानै हो । विगतमा प्रधानन्यायाधीश छँदा सुशीलाले गरेका विवादास्पद मुद्दाहरूको लज्जाजनक फस्र्योटको दाग उनीमाथि यथावत छ । उनीमाथि अख्तियारमा जो उजुरी परेको थियो । त्यसको सफाई यिनले पाएकी छैनन् । विभिन्न अरू मन्त्रीहरू प्नि कुनै न कुनै शंकाको घेरा वाहिर छैनन् ।

त्यसैले यिनीहरूबाट पनि जनताले बाञ्छित उपलब्धीहरू हासिल गर्नेवाला छैनन् । यो सरकारले आमजनतामा रहेको सरकारप्रतिको यो निराशा झल्कने सोचलाई समयमै राम्रो काम गरेर गलत सावित गरोस् ।

हाम्रो यही आग्रह छ । भाद्र २३ गतेको नरसंहारकारीहरूलाई छिटो भन्दाछिटो जेल चलान गरी उनीहरूलाई थुनामै राखेर कानुनी प्रकृया अगाडि बढाओस् । यसैगरी नेपाली जनताले सरकारले गरेका गलत कामको विरोधमा उठेको जनप्रदर्शन, विभिन्न नामका आतंकवादी तत्वहरू र अन्य घुसपैठियाहरूले अड्डा अदालत, प्रशासनिक केन्द्र, सिहंदरवार, सर्वोच्च अदालत, देशभरिका गाउँपालिका, वडा कार्यालय लगायत विभिन्न सरकारी तथा व्यक्तिका घर जलाउनेहरूलाई छिटो भन्दा छिटो नियन्त्रणमा लेओस र कानुनको कठघरामा उभ्याइयोस् ।

फागुन २१ गते जसरी भएपनि चुनाव गराउने वहानामा तत्कालै गरि हाल्नुपर्ने कामलाई एकातिर पञ्छाएर जनताको आँखामा छारो हाल्न तपसिलका मुद्दाहरूलाई प्राथमिकता नदिएर छलकपट र धुत्र्याइ नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?