ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

महालेखाको प्रतिवेदनले खोलेको रहस्य : बढैयातालमा लेखापालकै खेलमा करोडौँ बेरुजु

२७ कार्तिक २०८२, बिहीबार
२७ कार्तिक २०८२, बिहीबार

बर्दिया , २७ कात्तिक .

बढैयाताल गाउँपालिकामा पछिल्ला पाँच वर्षयता करिब २६ करोड रुपैयाँभन्दा बढी बेरुजु रकम हिनामिना भएको खुलासा भएको छ। यस प्रकरणमा पालिकाका लेखापाल नारायणराज त्रिपाठी मुख्य नाइकेका रूपमा देखा परेका छन्।

महालेखा परीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ सम्म विभिन्न प्रमुख प्रशासकीय अधिकृतहरूसँग मिलेमतो गरेर त्रिपाठीले पालिकाको कोषबाट करोडौँ रकम हिनामिना गरेका हुन्। ती वर्षहरूमा पालिकामा क्रमशः अर्जुन सुवेदी, धर्मराज न्यौपानेलगायत प्रशासकीय अधिकृत रहँदा त्रिपाठी निरन्तर लेखापालको जिम्मेवारीमा थिए।

प्रतिवेदनले २०७७ सालदेखि हालसम्म त्रिपाठीकै हस्ताक्षर र स्वीकृतिबाट विभिन्न शीर्षकमा रकम निकासा गरिएको उल्लेख गरेको छ। त्यही अवधिमा उनी दुईपटक कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत समेत बनेका थिए। सोही क्रममा कागजात नपुगी भुक्तानी, प्रमाणबिनै निकासा र पेश्की रकम नफिर्ता जस्ता अनियमितताहरू गरिएको महालेखाको निष्कर्ष छ।

केवल आर्थिक वर्ष २०७७/७८ मा मात्र ९ करोड ९१ लाख रुपैयाँ बेरुजु देखिएको छ। त्यसपछि २०७८/७९ मा ८ करोड ८५ लाख, २०७९/८० मा ६ करोड ३५ लाख, र २०८०/८१ मा थप ९० लाख रुपैयाँ बेरुजु देखिएको छ। हालसम्म ४९ करोड ८८ लाख रुपैयाँसम्म बेरुजु रकम पुगेको छ, जसमा केवल ६ करोड २० लाख रुपैयाँ मात्रै फछ्यौट भएको गाउँपालिकाको तथ्यांकले जनाउँछ।

प्रतिवेदनमा त्रिपाठी र प्रमुख प्रशासकीय अधिकृतहरूबीच घनिष्ठ मिलेमतोमा अनियमितता भएको, कमिसनबिनै भुक्तानी नदिने, र नजिकका व्यक्तिहरूलाई प्राथमिकतामा भुक्तानी दिने जस्ता गतिविधि उल्लेख छन्। गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र लेखापाल नारायणराज त्रिपाठीलाई यस विषयमा सोध्न खोज्दा फोन सम्पर्क हुन नसकेको र प्रत्यक्ष भेट्दा पनि टिप्पणी गर्न नमानेको स्रोतले जनाएको छ।

अहिले लेखापाल त्रिपाठी अझै पदमै कार्यरत छन्, जसका कारण बेरुजु रकम असुल–उपर गर्ने प्रक्रिया अघि नबढेको स्थानीय स्रोतको भनाइ छ। प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले रोजगारीबाट राजीनामा दिएका छन् भने त्रिपाठीले भने अझै पनि आर्थिक कारोबारमा नियन्त्रण कायम राखेका छन्।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार, त्रिपाठीको संलग्नतामा गरिएको हिनामिना पालिकाको इतिहासकै सबैभन्दा ठूलो आर्थिक अनियमितता मानिएको छ। स्थानीय बासिन्दाले छानबिन र कडा कारबाहीको माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?