© २०२३
काठमान्डौ, २७ कार्तिक ।
सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा परेको छ । आजको सुनुवाइ एक नम्बर इजलासको क्रम संख्या एक मा तोकिएको छ ।
यसअघि कात्तिक २० मा सोही अदालतले मुद्दाको प्रमाण मिसिल झिकाउने आदेश जारी गरेको थियो । गत हप्ता पनि यो मुद्दा समान इजलासमा सुनुवाइ भइसकेको थियो ।