© २०२३
काठमाडौँ ।
पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड अन्तर्गत पोखरा–जामुने सडकमा १८ किलोमिटर दुई लेन कालोपत्र कार्य सम्पन्न भएको छ ।
३८ किलोमिटर लामो यो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ ।
इन्जिनियर सहनशीला कायस्थका अनुसार यस सडक आयोजनाको करिब ६० प्रतिशत भौतिक प्रगति र ४८ प्रतिशत वित्तीय प्रगति भएको छ । पश्चिम खण्डअन्तर्गतका १२ वटा पुलमध्ये ११ वटा पुल र १०५ वटा कल्भर्ट निर्माण सम्पन्न भइसकेका छन् ।
उनका अनुसार बाँकी काम पनि तीव्र गतिमा भइरहेको छ र आगामी समयभित्र सम्पूर्ण सडक निर्माण कार्य पूरा गर्ने लक्ष्य रहेको छ ।