© २०२३
काठमान्डौ, २७ कार्तिक ।
नवनियुक्त आईजीपी दानबहादुर कार्कीले बुधबार दर्ज्यानी चिह्न लगाएर पदभार सम्हालेका छन् ।
बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृह सचिव रामेश्वर दंगालले कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
प्रहरीको ३३औँ महानिरीक्षकका रूपमा कार्कीले बिहीबारदेखि आफ्नो कमाण्ड सम्हाल्नेछन् । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।
पूर्व आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी अवकाशमा गएका छन् । कार्की २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा कार्कीले २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।