© २०२३
२७ कात्तिक, काठमाडौं ।
साताको अन्तिम कारोबार दिन सेयर बजार १.१३ अंकले बढेको छ ।
सो वृद्धिपछि नेप्से परिसूचक २५४५ अंकमा कायम भएको छ । १२:३१ बजे नेप्से २५३० अंकसम्म झरेको थियो, जुन विन्दु आजको न्यूनतम रह्यो । त्यसैगरी २:०६ बजे नेप्से परिसूचक आजको अधिकतम २५५९ अंकसम्म पुगेको थियो ।
सेयर बजार झिनो अंकले बढ्दा पनि ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । माबिलुङ इनर्जी, स्वेतगंगा हाइड्रोपावर, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर, बन्दीपुर केबुलकार र रुरु जलविद्युत् परियोजनाको मूल्य १० प्रतिशतले बढेको छ ।
१२३ कम्पनीको मूल्य बढ्दा १२४ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडको भएको छ ।
समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । बैंकिङ ०.१२, फाइनान्स ०.०९, होटल तथा पर्यटन ०.७२, हाइड्रोपावर ०.२२ तथा व्यापार ०.७९ प्रतिशतले बढेको छ ।
अन्य ०.२४, निर्जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.२९, जीवन बीमा ०.२३, लगानी ०.०७, विकास बैंक ०.०८ प्रतिशतले घटेको छ ।
त्यस्तै दरमखोला हाइड्रो इनर्जीको मूल्य ६.८८, भूगोल इनर्जीको ४.९९ तथा दोल्ती पावरको ४.२० प्रतिशतले बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ४.८२ प्रतिशतले घटेको छ । इस्टर्न हाइड्रोपावरको ३.७०, बेस्ट फाइनान्सको ३.१८ तथा सुपर मादीको २.५० प्रतिशतले मूल्य घटेको छ ।
आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन पावर पार्टनर, हिमालयन डिस्टिलरी, युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र साहस ऊर्जा रहेका छन् ।