© २०२३
काठमान्डौ, २७ कार्तिक ।
नेपाल वायु सेवा निगमले रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत नियुक्ति गर्न दरखास्त आह्वान गरेको छ ।
निगमले आज एक सूचना प्रकाशित गर्दै आवश्यक योग्यता भएका इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशन भएको मितिबाट १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौंमा आवेदन दिन सक्ने उल्लेख गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले बुधबार मात्र नेपाल वायु सेवा निगममा महाप्रबन्धक नियुक्ति प्रक्रिया कहाँ पुगेको भन्ने विषयमा जानकारी माग गरेकी थिइन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका हैसियतले उनले मन्त्रालयका सचिव हरि मैनालीलाई आफ्नै कार्यकक्षमा बोलाएर सो प्रक्रियाको प्रगति विवरण माग गरेकी थिइन् ।
निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री कार्कीले गत कात्तिक १४ गते सचिव मैनालीको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेकी थिइन् । सो समितिमा क्याप्टेन केबी लिम्बू विज्ञ सदस्यका रूपमा रहेका छन् भने मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख सहसचिव सदस्य–सचिवका रूपमा रहेका छन् ।