ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

बोलपत्र खोल्न मागसहित नगरपालिकामा ज्ञापन

२७ कार्तिक २०८२, बिहीबार
२७ कार्तिक २०८२, बिहीबार

बुटवल, २७ कार्तिक ।

बुटवल उपमहानगरपालिका, नेपाल सरकार र लुम्बिनी फलफूल तरकारी व्यवसायीको संयुक्त लगानीमा स्थापना भएको बुटवल कृषि उपज थोक बजार केन्द्र लामो समय देखि विना टेन्डर सञ्चालनमा रहेको भन्दै अविलम्ब टेन्डर खोल्न माग सहित बुटवल उपमहानगरपालिकामा ज्ञापन बुझाइएको छ ।

अखिल नेपाल किसान महासङ्घ, किसान महासङ्घ लुम्बिनी प्रदेश, केन्द्रीय समिति सहित स्थानीयको संयुक्त टोलीले बुधवार बुटवल उपमहानगरपालिकामा नगर प्रमुख खेलराज पाण्डेयलाई ज्ञापन पत्र बुझाएको हो ।

अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य ऋषव पोखरेल, किसान महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष रिता केसी, अखिल नेपाल किसान महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र गिरी, जिल्ला अध्यक्ष कृष्ण खरेल, किसान महासङ्घ जिल्ला अध्यक्ष राजन क्षेत्री सहितको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

सरकारी स्वामित्वमा सञ्चालन भइरहेको बुटवल थोक कृषि उपज सङ्कलन केन्द्र विकास समिति तरकारी तथा फलफूल बजारका सटरहरू मिति २०८१ भाद्र २३ गतेका सूचना प्रकाशित सूचना अनुसार सटरहरूको बोलपत्र आह्वान भएकोमा दर्ता भएका र अदालती प्रक्रियाबाट रोकिएकोमा २०८२/०७/२० गते जिल्ला अदालतबाट फुकुवा भएको र बोलपत्र खोल्ने सूचना २०७२/०७/२२ गते प्रकाशित भएको थियो ।

तर सोही दिन सुरक्षाको कारण देखाउँदै बजार व्यवस्थापकबाट टेन्डर रोकिएको छ ।

कुनै पनि निकायले शान्ति सुरक्षाको व्यवस्था नगरेको कारण देखाउँदै उक्त टेन्डर खोल्न नसकिएको भन्ने गैर जिम्मेवार जवाफ समितिले दिएको भन्दै सात दिनभित्र उक्त टेन्डर प्रक्रियाबाट २६७ जनाले हालेको बोलपत्र खुलाई किसानको लागि भनी छुट्टाइएका १०% सटरहरू किसानहरूको लागि वितरण गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाएको अखिल नेपाल किसान महासङ्घ का केन्द्रीय सदस्य ऋषव पोखरेलले जानकारी दिए ।

यदि उक्त समयमा यो टेन्डर प्रक्रिया नखोलिएमा वा आलटाल गरेमा कडाभन्दा कडा सङ्घर्षमा जाने चेतावनीसहित उक्त आन्दोलनका क्रममा हुनसक्ने सम्पूर्ण घटना र क्षतिको जिम्मेवारी बुटवल उपमहानगरपालिका र स्थानीय प्रशासनले लिनुपर्ने चेतावनी समेत दिइएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?