ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

दाङमा जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने १० जना पक्राउ 

२७ कार्तिक २०८२, बिहीबार
२७ कार्तिक २०८२, बिहीबार
 दाङ ,२७ कात्तिक ।
गत भदौ २३ र २४ गते देशव्यापी रूपमा जेनजी समूहले गरेको आन्दोलनका क्रममा दाङमा भएका आगजनी, ढुङ्गामुढा र तोडफोड घटनामा संलग्न आरोपमा दश जना पक्राउ परेका छन् ।
तुलसीपुर र घोराहीमा भएका छुट्टाछुट्टै घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।
उनका अनुसार उच्च अदालत तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बसपार्क तुलसीपुरको कार्यालय भवनमा ढुङ्गामुढा, तोडफोड, आगजनी, लुटपाट तथा चोरी गरी क्षती पुर्‍याउनेमा संलग्न तुलसीपुर उपमहानगरपालिका–७ राजापुरका २६ वर्षीय रुपेश नेपाली, सल्यान बागचौर–२ घर भई तुलसीपुर–९ बेलुवाका १८ वर्षीय सुनिल वली, तुलसीपुर–५ बसपार्कका २० वर्षीय करण सुनार, सोही ठाँउका अन्दाजी १८ वर्षीय मुकेश भण्डारी र तुलसीपुर–६ शान्तिनगर टोलका १८ वर्षीय ज्ञानेन्द्र गन्धर्व पक्राउ परेका छन् ।
यस्तै दाङ जिल्ला अदालत र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड तथा आगजनीमा संलग्न आरोपमा थप पाँच जना पक्राउ परेका छन् । दाङ जिल्ला अदालत भवनमा क्षति पुर्‍याउने आरोपमा तुलसीपुर–१ भम्केका २५ वर्षीय नविन नेपाली, अर्घाखाँची छत्रदेव गाउँपापालिका–७ काउले घर भई हाल घोराही–१४ नयाँवजार डेरा गरी बस्ने ३७ का कृष्ण पाण्डे पक्राउ परेको डिएसपी शाहले बताए  ।
डिएसपी शाहका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा घोराही–१५ मिलनचोकका १८ वर्षीय हैदर अली, सोही ठाँउका ३० वर्षीय आकाश गिरी र घोराही–३ भानपुरका ४७ वर्षीय बसन्त अधिकारी पक्राउ परेका छन् ।
पक्राउ परेकामाथि आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी मुद्दामा जिल्ला अदालत दाङबाट म्याद थप गरी अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उच्च अदालत तुलसीपुर, जिल्ला अदालत दाङ र अस्थायी प्रहरी पोष्टमा संलग्न सात जनामाथि पाँच दिन र जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा संलग्न तीन जनामाथि सात दिनको म्याद भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?