काठमाडौं, २७ कात्तिक ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले कुनै दल नखोल्ने र चुनाव पनि नलड्ने स्पष्ट प्रतिक्रिया दिएका छन् । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले यस्तो जानकारी दिएका हुन् ।
बैठकमा राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले गृहमन्त्री अर्याललाई प्रश्न गर्दै भने, ‘दल खोल्ने हो कि, चुनाव लड्ने हो कि, के हो ?’ यसको जवाफमा गृहमन्त्री अर्यालले स्पष्ट रूपमा भने, ‘दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ ।’



