Butwal Today

सुनको भाउले नाघ्यो साढे २ लाख, कतिमा हुँदै छ कारोबार ?

२७ कार्तिक २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, २७ कार्तिक ।

सुनको भाउ फेरि साढे दुई लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ५ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन सुनको कारोबार २ लाख ४४ हजार ३ सय रुपैयाँमा भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको भाउ प्रतिऔंस ४,२०० डलर नाघेको छ । यसअघि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४,३८१ डलरसम्म पुगेको रेकर्ड छ। नेपाली बजारमा पनि असोज ३१ गते सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको थियो ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि बढोत्तरी देखिएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको भाउ प्रतितोला १७० रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला ३,३४५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ । यसअघि असोज ३१ गते चाँदीको भाउ ३,३५० रुपैयाँको रेकर्डमा पुगेको थियो ।