© २०२३
विराटनगर ।
कोशी प्रदेश नेकपा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको गाडीले ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ ।
ग्रामथान–५ कखरमारीमा विराटचोक जाँदै गरेको को ९ प ७५ नम्बरको मोटरसाइकललाई कोशी प्रदेशसभाको को १ झ ६५० नम्बरको स्कारपियोले ठक्कर दिएको हो । ठक्करबाट अन्दाजी ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेता आङ्बो भने उक्त गाडीमा सवार थिएनन् । गाडी गम्भीरमान सार्कीले चलाएका थिए, जो आङ्बोका स्वकीय सचिव हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
माओवादी कोशी प्रदेश संसदीय दलका नेता आङ्बो प्रदेशका पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत हुन् । दुर्घटना भएका बेला गाडीमा उनी सवार थिएनन् । गाडी आङ्बोलाई लिन सुन्दरहरैंचा जाँदै गरेको थियो ।
आङ्बोले आफू त्यहाँ नभएको बताएका छन् । उनले भने, ‘म सुन्दरहरैंचामा थिएँ । मलाई लिन आउँदै गरेको गाडी दुर्घटनामा परेको थाहा पाएको छु । मानिसको मृत्यु भएको पनि सुनेँ । दुःखद भयो ।’