Butwal Today

निर्वाचन आयोगले आचारसंहिताबारे दलहरुसँग छलफल गर्दै

२७ कार्तिक २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, २७ कार्तिक ।

निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने निर्वाचन तयारी र आचारसंहिताबारे राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ । छलफल आयोगको कार्यालयमै सञ्चालन भइरहेको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, राप्रपा, रास्वपा, जनता समाजवादी पार्टी, नेपाल, जनतमत, तमलोपा लगायतका दलहरू सहभागी छन् ।

छलफलमा समेटिएको आचारसंहितामा राजनीतिक दल, उम्मेदवार, संवैधानिक आयोग र जनप्रतिनिधिले पालना गर्नु पर्ने विषयहरू समावेश छन् ।

विशेष गरी यस पटकको आचारसंहितामा राजनीतिक दल र उम्मेदवारले चुनावी घोषणा पत्र आयोगमा बुझाउनु पर्ने, साथै प्रत्येक वर्ष त्यसको कार्यान्वयनको अवस्था सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नु पर्ने प्रावधान पनि थपिएको छ ।