Butwal Today

मतदाता नामावली दर्ता गर्न जाँदा र फर्किंदा पठाओ चढ्नेलाई ५० रुपैयाँ छुट

२७ कार्तिक २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, २७ कार्तिक ।

मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालय जाने नागरिकका लागि राइड–सेयरिङ एप ‘पठाओ’ ले विशेष छुटको घोषणा गरेको छ ।

कम्पनीका अनुसार मतदाता नामावलीमा नाम दर्ता गर्न जाने सेवाग्राहीले काठमाडौं उपत्यकाभित्र पठाओ प्रयोग गर्दा ५० रुपैयाँसम्मको छुट पाउनेछन् ।

यो योजना काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा लागू हुनेछ । निर्वाचन कार्यालयसम्म जान र फर्किने दुबै दिशाको यात्रामा पठाओ एप प्रयोग गर्ने उपभोक्ताले छुट पाउने कम्पनीले जनाएको छ ।

छुट पाउनका लागि राइड बुक गर्ने सयममा पठाओ एपमा निर्वाचन कार्यालयको नाम राख्नुपर्नेछ ।

एपमा जिल्ला निर्वाचन कार्यालय, मिनभवन नयाँ बानेश्वर, जिल्ला निर्वाचन कार्यालय सल्लाघारी र जिल्ला निर्वाचन कार्यालय जावलाखेल राख्नुपर्नेछ ।