ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

मतदाता नामावली दर्ता गराउन भिडभाड

२६ कार्तिक २०८२, बुधबार
२६ कार्तिक २०८२, बुधबार

नवलपरासी, २६ कात्तिक ।

मतदाता नामावली सङ्कलन गर्ने समय जति सकिँदै जाँदा जिल्ला स्थित निर्वाचन कार्यालयमा मतदाता नामावलीका लागि फोटो खिचाउनेको भिडभाड बढ्दै गएको छ ।

सुरु सुरुमा नआउने तर समय सकिँदै जाँदा मतदाता नामावलीका लागि कार्यालयमा भिडभाड लाग्ने नेपालीहरूकै प्रवृत्ति भएको निर्वाचन कार्यालयका कर्मचारीहरूले बताउन थालेका हुन् ।

जेनजी आन्दोलन पश्चात् बनको नागरिक सरकारले फागुन २१ सङ्घीय संसद् प्रतिनिधिसभाको निर्वाचन तोकेको थियो । निर्वाचन आयोगले त्यसका लागि थालेको निर्वाचन प्रक्रिया अनुसार नै अहिले मतदाता नामावलीमा नास समावेश गराउने र मतदान गर्ने स्थान परिवर्तन गराउन चाहनेका लागि निर्वाचन कार्यालयले काम सुरु गरे पनि कात्तिकको दोस्रो साता देखी मात्र भिडभाड हुने गरेको छ ।

आन्दोलन पश्चात् दसैँ तिहार,छठ जस्ता चाडपर्वले पनि मानिसको व्यस्तता तथा बिदाले पनि निर्वाचन कार्यालयमा भिडभाड कम हुने गरेको तर अहिले दिनहुँ बिहान ९ बजे देखी नै भिड हुने गरेको कार्यालयले जनाएको हो ।

निर्वाचन कार्यालयमा मतदाता नामावलीमा समावेश गराउने कार्य बर्सेनि अद्यावधिका लागि काम हुने गरे पनि विगत वर्ष देखी छुटेका व्यक्ति पनि अहिले नाम समावेश गराउन आउने गरेको उनीहरूको भनाई थियो ।

निर्वाचन बारे विभिन्न दलका फरक फरक प्रतिक्रिया आई रहे पनि निर्वाचनका लागि जनता उत्साही नै देखिएका छन्, निर्वाचनमा भाग लिन पाउनु नागरिकको अधिकार नै हो, नागरिक समाजका सचिव अनिल अग्रहरीले भने, अहिले दलको प्रचार प्रसार भन्दा नागरिक आफै उत्साही भएर मतदाता नामावलीमा नाम समावेश गराउन आउने गरेका छन् ।

२०८२ कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुरा भएका नागरिकले मतदान गर्न पाउने छन् । उनीहरूको नामा समावेश गर्ने कार्य भई रहेको छ ।

कार्यालयका अनुसार नामर्दता गर्ने प्रक्रियाका लागि जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्ता स्थलमा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिई जानुपर्दछ ।

नागरिकताको प्रमाणपत्रमा रहेकोभन्दा भिन्नै ठेगानामा हाल स्थायी बसोबास गरेको भए नागरिकता प्रमाणपत्रको अतिरिक्त देहायका प्रमाणहरूसमेत पेस गर्नुपर्दछ ।

त्यसैगरि बसाई सरी आएको प्रमाणपत्र, वा विवाह गरी हालको स्थायी ठेगानामा आएको हकमा विवाह दर्ता प्रमाणपत्र, कुनै व्यक्तिको नाम मतदाता नामावलीमा दर्ता गर्दा निजको जन्म वा उमेर वा वासस्थान नागरिकताको प्रमाणपत्र बाट मात्र खुल्न नसकेमा नाम दर्ता अधिकारीले थप प्रमाणको रूपमा जग्गा धनी प्रमाण पुर्जा वा शैक्षिक योग्यताको प्रमाणपत्र वा राहदानी वा सवारी चालक अनुमति पत्र माग गर्न सक्नेछ ।

उक्त प्रमाणहरू पेस गर्न नसकेमा नाम दर्ता अधिकारीले त्यस्तो व्यक्ति सँग सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको सिफारिस माग गर्न सक्दछ,. आयोगले तोकेको मतदाता नामावली सङ्कलन फाराम भर्नुपर्दछ । . तोकिएबमोजिम फोटो खिचाउनुपर्दछ । फोटोको लागि कुनै शुल्क तिर्नुपर्दैन ।

औँलाहरूको रेखात्मक छाप दिनुपर्दछ । यस्तो औँला छाप विद्युतीय माध्यमबाट सङ्कलन गरिन्छ । दर्ता सम्पन्न भइसकेपछि दर्ता कर्मचारीबाट प्राप्त हुने अर्धकट्टी आफ्नो नाम दर्ता गरेको प्रमाण स्वरूप सुरक्षित राख्नुपर्दछ । मतदाता नामावली मतदाताको स्थायी बसोबासको ठेगानामा दर्ता गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?