© २०२३
मानिसहरू नेपाल शान्ति क्षेत्र र वुद्धको देश भन्दै प्रचार गर्छन्, गौरव गर्छन् । हुनपनि यही सत्य हो नेपालमा महान दार्सनिक गौतमवुद्ध जन्मिएका हुन् । कथनमा र कागजमा होइन वास्तबमै देशलाई शान्तिमय बनाउनु पर्दछ ।
यसको लागि देशका नागरिकहरूको सुझबुझ र चेतनामा निर्भर हुन्छ । विश्वले नेपाललाई गौतम बुद्धको देश, शान्तिको निवास भनेर चिन्छ । तर, हामीले देशमा कहिल्यै कतै शान्ति महसुस् गर्न सकेनौँ ।
जहिलेपनि झैं झगडा, मारकाट, जतापनि नेपालीहरूको हत्या र उनीहरूमाथिको अपमान, अमानविय व्यवहार र कहालीलाग्दो अवस्था देख्दै आएका छौँ ।
समय र परिस्थितिले हामीलाई अत्यन्तै हिंश्रक स्वाभावको मानिस बनाइदिएको छ । अझ भन्ने हो भने नेपालीलाई गर्भै देखि हिंश्रक बनाइन्छ । सिकारी बनाइन्छ, अनि अर्काको लागि प्राण दिनसक्ने बफादार लडाकू बनाइन्छ ।
त्यो मात्र होइन दैवी शक्तिले बली माग्छन् र मदिरा माग्छन् भनेर उनीहरूको मनमष्तिकमा गलत बिचार घुसाइन्छ । हुँदै नभएको बोक्सी र त्यसलाई छ्यापनिको पार्ने झाँक्रीलाई अगाडी सारिन्छ ।
अनि मरेपछि की स्वर्ग कि नर्क जाने कथा कुतर्क सुनाइन्छ र स्वर्ग जानका लागी चमत्कारी बाटो भन्दै सोझा जनतालाई लुटिन्छ । महिलाहरूलाई सिपमूलक कार्यहरूबाट वञ्चित गरिन्छ । त्यो मात्र होइन मानिस–मानिस बिचमा जातीय पर्खाल ठडाएर कमजोर समाजको स्रोत बनाइन्छ ।
समाजको यस्तै प्रकारको गलत परम्पराले थुप्रै वृद्धा महिलाहरू अझैपनि असहाय र अन्धा बनेका हुन्छन । उनीहरूलाई पढ्न दिइएन, सिपमूलक कार्यबाट बञ्चित राखियो ।
बरू जीवित नै चितामा राखेर सती पठाउँने हाम्रो समाजको परम्परा अहिले पनि खासै परिवर्तन् हुन सकेको छैन । महिलाहरूलाई कथित छाउगोठमा कैद गर्न अहिले पनि छाडेका छैनन् । वर्षैपिछे सर्पको सिकार हुन्छन् ।
अहिले पनि महिलाहरू पुरूषको अधिन अथवा जड सम्पत्तीको रूपमा चिनिन्छन् । विदेशी बजारमा उनीहरूको देह व्यापार गरेर शारीरिक र मानसिक रूपमै शोषण गर्छन् । महिलाहरू बस्तु व्यापारको साधन बनेका छन् ।
उनीहरू सुन्दरी प्रतियोगिता र मोडल बनाउँदा हाम्रो समाजले गौरव गर्छ तर उनीहरूलाई हलो जोत्न, घर छाउन, सभामा प्रगतीका आफ्ना बिचार पोख्न अंकुश लगाउने चलन अझैपनि गाउँघरमा प्रसस्तै छ ।
देशभित्र कल कारखानाहरू छैनन् । केही थिए तिनीहरू पनि कतिपय नीजि हातमा पुगे, कतिपय बन्द भए र त्यसको अस्तित्व नै रहेन । त्यसैको परिणाम देशभित्र हाम्रो सन्तानले काम पाउँदैन र विदेशीको भान्से, चौकिदार, अरूको देशको रक्षक, विदेशमा धनिको रक्षा गर्ने दाश वा उनीहरूको हुकूममा चल्ने कठपुतली जस्तो हाम्रो भूमिका छ ।
सांच्चैभन्दा नेपाली वीरहरू चोरकापनि चौकिदार बनेर जिउपाल्नु परेको कटु सत्य हो । स्कुलमा घोकन्ते पाठ्यक्रम र रूढीवादी कुसंस्कारले युवाहरूको दयनिय अवस्था बनाइदिएको छ ।
मदिरा त देवताको प्रसादको रूपमा प्रयोग गर्न सिकाइन्छ । अनि कुरा गरिन्छ शान्तिका । हामीले संसदमा देशको रक्षा गर्न पठाएका नेताहरू विदेशीका दलाल बन्न कत्ति ढिला गर्दैनन् ।
यद्यपि हाम्रा पूर्वजहरूले आफ्नै देशको रक्षक बनेर यो देशलाई अहिलेसम्म कसैको गुलाम बन्न दिएनन् । त्यो आधारमा उनीहरू प्रति हामी नतमस्तक हुनैपर्छ । जसले देशको रक्षाका लागि आफ्नो प्राणको बली दिए ।
स्वाभिमानको रक्षा गरेका हुन् । उनीहरूले जसरी देशको रक्षा गरे, बञ्जर जमिन आवाद गरे त्यो ऐतिहासिक विषय हो । अहिले उनीहरू जस्ता देशभक्त र पौरखीहरूको अनिकाल नै भएको छ ।
देश बनाउने हुटहुटी भएका मानिसहरू देशमा जो जति छन् उनीहरूपनि अगाडी आउन सकिरहेका छैनन् । कयौं त विदेशको भूमिमा गास, बास र कपासको परिपूर्तिका लागि आफ्नो अमूल्य समय नष्ट गर्दै छन् ।
थोरै जनसंख्या भएको देशमा प्राकृतिक साधन श्रोतको कमी छैन । तर पनि त्यसलाई सरकारले मुर्त रूप दिन सकिरहेको छैन । पानीबाट मात्र थुप्रै काम हुन सक्छन् । नेपालमा पानीबाट बिद्युतको उत्पादन हुन्छ ।
पानीबाटै मिल, घट्ट चल्न सक्छ, पानी खेतमा बारीमा सिंचाई हुनसक्छ । तर अहिलेपनि पहाडमा सिंचाईको व्यवस्था छैन । परिणाम पहाडबाट जमिन छाडेर मानिसहरू पलायन हुंदै गएका छन ।
देशमा कोइला छ, पानी छ, पेट्रोलियम पदार्थ लगायत बिभिन्न खानीहरू छन् तर त्यसको व्यवस्थापन सरकारले गर्न सकिरहेको छैन । उचित व्यवस्थापन नहुँदा रोजगारको व्यवस्था छैन् । सरकारले बिभिन्न देशहरूसँग श्रम सम्झौता वा श्रम सन्धी गरेर नेपाललाई युवाबिहिन बनाएर छाड्यो । अचेल विदेश जानेहरूको भिड देखिन्छ ।
विदेशमा बसेका नेपाली मूलका नागरिकहरूको यो सरकारले उचित व्यवस्था गर्न सकिरहेको छैन् । आफ्ना सन्तान् विदेशका कुना कुनामा पुगेका छन् । उनीहरूले अर्काको देशमा बिभिन्न प्रकारका सास्ती भोगेका हुन्छन् ।
कयौँले आत्महत्या समेत गरेका कयौँ उदाहरणहरू हाम्रै अगाडी छन् । तर नेपालको जुनसुकै सरकारले पनि प्रवाशमा बसेका नेपालीहरूको सहयोगका लागि कुनैपनि ठोंस पाईला चालेको देखिदैन ।
दुबै सरकारले गरेको शान्ति तथा मैत्री सन्धिपनि कसले कति इमान्दारीताका साथ लागु गरेको छ । यदि गरेको छैन भने किन गरेको छैन ? त्यसबारेपनि सरकार सधैँ मोन बसेको हुन्छ ।
सन्धिका बुंदाहरू कति लागू गरियो कति लागु नै भएका छैनन् । उपरोक्त बिषयमा एउटा नियम बनाएर जानुपर्ने हो । तर जुनसुकै सरकार सत्ताको बाहिर हुँदा प्रगतिशील र देशभक्तीको चर्का नारा लगाउनेहरू उनैले सरकारको बागडोर सम्मालेपछि उनीहरूले ती सबै आफूले उठाएका मुद्दाहरू पनि भुले वा ती मुद्दाहरू उनीहरूलाई अनावश्यक देखिए ।
सरकारमा पसेपछि कसरी आ– आफ्नो पद सुरक्षित राखौं, कसरी आउने पुस्ता समेतलाई धन कमाएर राखिदेऊ, कुन–कुन देशको भ्रमण गरौं, कसलाई ठेक्का दिएपछि मनग्गे कमिसन आउँछ । यही उनीहरूको बिचार र योजना बन्न पुग्छ ।
धेरैजसो राजनैतिक पार्टीका सभापतिहरूले पद छाड्न नमान्ने कारणपनि यस्तै हो । उनीहरू विदेशको भ्रमण पार्टीको खर्चमा गर्छन्, औषधी उपचार विदेशमा गएर गर्छन् । अरू त अरू उनीहरूको बालबच्चाको समेत परबरिश जनताबाट उठाएको रकममा हुने गरेको हुन्छ । यस्तो सुखसयलको जीवन कसले त्याग्न चाहान्छ ?
वास्तविक रूपमा उनीहरूलाई बिगारेको कार्यकर्ताले हो । उनीहरूका झोलेहरूले हो । नेपाल जस्तो सुन्दर देशका यिनै दुश्मन् हुन् जसले काम गरेर आ– आफ्ना बालबच्चा पाल्नुको साटो नागरिकको बुद्धि भुटेर पालेका हुन्छन् ।
कुनै अध्यक्ष भयो भने आफूलाई देशकै बाद्शाह सम्झिन्छ र कार्यकर्तामा आदेश प्रवाह गर्न थाल्छ । यस्तो अवस्थामा देशमा शान्ति र नागरिकको अनुहारमा कान्ती कसरी आउनसक्थ्यो ? बिभिन्न पार्टीमा भएका झोलेहरूलाई तह लगाउन यिनै राजनैतिक पार्टीहरूले समानुपातीक सिटको व्यवस्था गरेका छन् ।
सङ्घीयता जोगाएका छन् र देशलाई ऋणको भार बोकाएका छन् । किन चाहियो समानुपातीक सिट ? उनीहरूको चम्चाहरूलाई भर्ती गर्न संसदमा पुराउन । अब देशमा झिनो मन्त्रीमण्डल र अनावश्यक पद खारेज गर्नुपर्दछ । समानुपातीक सबैजसो सिट खारेज गर्नुपर्छ । मनोनीत गर्ने पद्धती खारेज गर्ने, थ्रेसहोल्ड खारेज गर्ने र संघीयतापनि खारेज गर्नुपर्छ ।