© २०२३
प्राकृतिक प्रकोप, भवितव्य, अनहोनी र २०७२ सालको भूकम्पका कारण समस्या हुँदा पनि विदेशी सहयोग आउने गरेको इतिहासले देखाएको छ ।
नेपालमा अहिले पनि विदेशीको आगमन राम्रो छ तर आवश्यक हुँदा सहयोगार्थ आउनु हुने मित्र राष्ट्रका आफन्तमा एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने बाध्यता रहेको छ । नेपालमा दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक छ ।
एउटा विमानस्थल अवरोध हुँदा अर्कोमा ड्राइभर्ट गर्न पर्ने हुँदा थप विमानस्थल आवश्यक छ । नेपालमा हवाई यात्राको जोखिम सबै सिजन र स्थानमा भएको छ । सुधार आवश्यक छ । कुनै पनि यात्रामा सुधार हुन जरुरी छ ।
नेपालमा राष्ट्रिय ध्वजा बाहक भन्दा पनि निजी विमानको धेरै प्रयोग भएको छन् । व्यक्तिले लगानी गरेका विमानमा पनि सरकार जिम्मा लिएर बैङ्क ग्यारेन्टी बस्नुपर्छ । यसमा कमिसन चल्छ र भित्र मुलुकबाट प्रयोग भएका पुराना हवाई जहाज रोजाइमा पर्छन् ।
हाम्रो कमजोरी मान्नुपर्छ । नयाँ विमानस्थलमा अवतरण गर्नुपर्नेमा पुरानै गन्तव्य रोजेको पाइलटको बुझाई भएको फाउँछौँ । पूर्वबाट नयाँ विमानस्थलको रुट विजयपुर हो । हालसम्म जे नहुनु थियो त्यही भइरहेको छ ।
अब राष्ट्र बलियो बनाउनु पर्छ । विमान यात्रा आफैमा जोखिम छ । कति नमिठो ज्यू ज्यानको जोखिम, अनावश्यक क्षति मात्रै होइन यसले मानवीय समवेदना पनि बिर्साएको छ । विडम्बना कति हो कति यात्राका क्रममा सेल्फीका लागि मोवाइल प्रयोग भयो कि स्वयं चालक दलबाट ध्यान बाँडिन सक्छ र दुर्घटना निम्तिन्छ ।
भवितव्यका कारण सम्पदाको क्षति, मानवको क्षतिका कारण समस्या भइरहेको छ । यद्यपि समय हाम्रो हातमा छैन । कहीँ न कहीँ हेलचक्रयाईबाट जोगिने प्रयास गरौँ । संयोग मान्दा पनि अप्ठेरो देखिन्छ ।
सानो भुलका कारण हामी आफै जोखिममा रहन्छौँ । हवाई सफर वा निजी सवारी साधनको नयाँ उत्पादन खरिद गर्न अवस्थाले माग ग¥यो । किन पुरानोमा अवतरण नभएको र नयाँमा अवतरण गराउँदा तकनिकी खराब भन्न मिल्दैन ।
फर्केर नआउनेलाई कोस्न भन्दा भविष्य सुधारेर जान जरुरी छ । सावधानी वर्तमान समयको सबैभन्दा महत्त्वपूर्ण कुरा हो । बाह्य मुलुकमा नेपालको उड्डयन क्षेत्र अनुमतिबाट लाभ लिन असमर्थ देखिन्छौँ ।
जसको कारण नेपालको पर्यटन क्षेत्रमा कलङ्कित हुन पुग्छौँ । हामी सबैले सावधानी अपनाउनु पर्छ । नव निर्माणाधीन विमानस्थलको रनवे पूर्व दक्षिण, पश्चिम, उत्तर अनुमानित क्षेत्रफल ४ हजार रोपनी र २ हजार ५ सय मिटर रनवे पर्छ । रनवेको आसपास बाक्लो बस्ती छ ।
रनवेको १०० मिटरको फरकमा अवतरण ७ सय मिटरमा इन्जिनले विश्राम लिन सक्ने हुन्छ । पूर्वबाट आउने रुट विजयपुरबाट अवतरण गर्न सकिन्छ । पूर्वबाट पश्चिम मोड दोपहरेबाट अवतरण गर्न सकिन्छ । यो पुरानो विमान स्थललाई मात्र हो ।