ट्रेंडिंग:

>> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै

जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका खारेज गर्ने तयारी

२६ कार्तिक २०८२, बुधबार
२६ कार्तिक २०८२, बुधबार

काठमान्डौ, २६ कार्तिक ।

सरकारले जापानमा प्राविधिक (अभ्यासार्थी)  कामदार पठाउने निर्देशिका, २०६६ खारेज गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त निर्देशिका खारेज गर्ने प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता पिताम्बर घिमिरेको संयोजकत्वमा गठित समितिले विषयमा अध्ययन गरी सुझाव पेस गर्नेछ, र सोही आधारमा मन्त्रालयले अघि बढ्ने तयारी गरेको छ ।

नेपालले सन् २००९ (वि.सं. २०६६)  मा जापानमा प्राविधिक अभ्यासार्थी कामदार पठाउनका लागि उक्त निर्देशिका जारी गरेको थियो । सो प्रणाली अन्तर्गत जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन ( जिट्को)  मार्फत नेपाली कामदार जापान पठाइन्थ्यो ।

तर, जापान सरकारले सो जिट्को प्रणाली सन् २०१७ मै खारेज गरी यसको सट्टा टेक्निकल इन्टर्न ट्रेनिङ प्रोग्राम (टीआईटीपी)  सञ्चालनमा ल्याएको थियो । अब जापानले यो प्रणाली पनि अन्त्य गरी सन् २०२७ देखि नयाँ ‘इम्प्लोयमेन्ट फर स्किल डेभलपमेन्ट (ईएसडी) ’ कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको छ ।

तर नेपालमा अझै पनि जिट्को अन्तर्गत टीआईटीपी प्रणालीबाटै कामदार पठाउने चलन जारी छ । यसै कारण म्यानपावर व्यवसायीहरूले निर्देशिका खारेज गर्न पटक–पटक माग गर्दै आएका थिए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छा दोर्जे दिम्दोङले जिट्को सम्बन्धी प्रावधान नै खारेज गर्नुपर्ने बताएका छन् । उनका अनुसार, “निर्देशिका खारेज गरेर इजाजतपत्र प्राप्त सबै म्यानपावर कम्पनीलाई कामदार पठाउन अनुमति दिनुपर्ने हाम्रो माग हो ।”

विगतमा ४८२ म्यानपावर कम्पनी जिट्कोमा सूचीकृत भए पनि जापानले प्रणाली खारेज गरेपछि धेरै कम्पनीले आफ्नो लाइसेन्स नवीकरण नगरेको संघको दाबी छ । त्यसअघि कानुनअनुसार हरेक दुई वर्षमा कम्तीमा प्रति वर्ष १०० कामदार नपठाउने कम्पनीको लाइसेन्स स्वतः खारेज हुने प्रावधान थियो । गत साउनमा उक्त कानुनी प्रावधान हटाएपछि केही कम्पनीको लाइसेन्स नवीकरण भएको भए पनि, जिट्को सूचीकृत व्यवसायीहरू भने अझै नवीकरणबाट वञ्चित छन् ।

व्यवसायीहरूले सो समस्याबारे श्रम सचिव डा। कृष्णहरी पुस्करलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। सचिव पुस्करले समस्या चाँडै समाधान हुनेछ भन्ने प्रतिबद्धता जनाएका छन् ।

प्रशिक्षार्थी कामदार जापान पठाउने विषयमा भाषा परीक्षा भने कुनै एक गैरसरकारी संस्थामार्फत हुँदै आएको छ । नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)  मार्फत भाषा परीक्षा हुँदै आएको हो ।

जानले भाषा परीक्षा लिन नहुने भन्दै सर्वोच्चमा रिट समेत परेको थियो । यसमा सर्वोच्चले अन्तरिम आदेश नदिए पनि सुनुवाइको टुंगो लागिसकेको छैन ।

हाल जापानमा कामदार पठाउनका लागि भिसा आइसकेका कामदारको जानले परीक्षा लिने गरेको छ । श्रम स्वीकृति लिएर, भिसा आइसकेका श्रमिकलाई भाषा परीक्षाको नाममा फेल गराउने र अनावश्यक दुःख दिने गरेको व्यवसायीहरूको आरोप छ ।

त्यसका लागि सबै प्रक्रिया पुरा भइसकेपछि वैदेशिक रोजगार विभागले सम्बन्धित श्रमिकको परीक्षा लिइदिन अनुरोध गर्दै जानलाई पत्र पठाउने गरेको छ ।

जापानले नै सन् २०१७ मा खारेज गरिसकेको प्रणालीमार्फत अहिले पनि श्रमिक पठाउनुपर्ने बाध्यता रहेको भन्दै त्यसको खारेजीको माग गरिएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?