© २०२३
तिलोत्तमा, २६ कात्तिक ।
तिलोत्तमा नगरपालिकाले जापान भ्रमणसम्बन्धी समाचार सार्वजनिक भएपछि कम्प्युटर अपरेटर पदमा नियुक्त सन्जु पौडेललाई बर्खास्त गरेको छ ।
नगर प्रमुख रामकृष्ण खाणद्वारा जारी विज्ञप्तीमा कात्तिक २६ गतेदेखि लागु हुने गरी पौडेललाई पदमुक्त गरिएको उल्लेख छ । जापानमा आयोजित सम्मेलनमा सहभागी हुन जाने भनिएका तीनजना कर्मचारीहरुलाई स्पष्टीकरण सोधिएको र आन्तरिक छानविन समेत गरिएकोमा तीमध्ये करार सेवामा कार्यरत कम्प्युटर अपरेटर सञ्जु पौडेलले कार्यालयको स्वीकृति र समन्वयबिना अनधिकृतरुपमा कार्यालयको कागजात प्रयोग गरेको भन्दै बर्खास्त नगरपालिकाले बर्खास्त गरेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तिअनुसार, जापानको योकोहामा सहरमा हुने भनिएको एशिया स्मार्ट सिटी कन्फ्रेन्स २०२५ मा सहभागिता सम्बन्धी कुनै निर्णय नगरपालिकाले गरेको थिएन । आयोजक संस्थाबाट सम्भावित सहभागिताको जानकारी मात्र आएको र सो कार्यक्रमका लागि जाने भनिएका तिलोत्तमा कर्मचारीको भ्रमण रद्द गर्न नगरपालिकाले कात्तिक २३ गते नै पत्राचार गरेकोमा आयोजकबाट कात्तिक २४ गते भ्रमण रद्द भएको जानकारी नगरपालिकालाई इमेलमार्फत प्राप्त भएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा तिलोत्तमा नगरपालिका सधै विधि र पद्धतिको पक्षमा उभिने पनि स्पष्ट पारिएको छ ।
