ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

गढवाका किसानको धान सरकारले किन्दै

२६ कार्तिक २०८२, बुधबार
२६ कार्तिक २०८२, बुधबार

लमही, २६ कार्तिक ।

गढवा गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुर, दाङसँग सहकार्य गर्दै सरकारी दरमा किसानको धान खरिद ग¥यो ।

बजारमा स्थानीय व्यापारीहरूले प्रतिक्विन्टल २ हजार ४ सय रुपैयाँ आसपासमा धान खरिद गरिरहेका बेला, पालिकाको पहलमा सरकारी दरअनुसार प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसामा धान बिक्री गर्न पाउँदा किसान खुसी भएका हुन ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलका अनुसार, पालिकाले नेपाल सरकार मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग सम्झौता गरेर किसानको उत्पादन सरकारी दरमा खरिद गर्न सुरु गरेको हो ।

“धान खरिद कार्यले किसानलाई उचित मूल्य सुनिश्चित गरेको छ,” अध्यक्ष पोख्रेलले भने, “हामी थप कोटा ल्याउन प्रयासरत छौँ ।”

गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले उत्पादन र बजारीकरणमा पालिका निरन्तर सक्रिय रहेको बताइन । उनले “धान बिक्री केन्द्रमा सबैले सहज र सरल तरिकाले सहयोग गर्न आवश्यक छ,” भन्दै सबै पक्षको सहकार्य आग्रह गरिन ।

कृषकहरूले पसिना बगाएर उत्पादन गरेको धान व्यापारीहरूले सस्तो दरमा घरमै पुगेर खरिद गर्ने र लागत समेत नउठ्ने समस्या भइरहेको गुनासो आएपछि, पालिकाले दोस्रो पटक खाद्य व्यवस्था कम्पनीसँग सहकार्य गरी धान खरिद सुरु गरेको अध्यक्ष पोख्रेलले बताए ।

धान उत्पादन गरेका किसान शोभाराम यादवले भने, “नेपाल सरकारले तोकेको दरमा धान बिक्री गर्न पाउँदा हाम्रा दुःखले मूल्य पाएको अनुभूति भएको छ ।” उनका अनुसार, “यदि कृषि उपजको उचित बजार सुनिश्चित भयो भने किसान अझ उत्साहका साथ खेतीमा लाग्नेछन् ।”

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक जना किसानबाट अधिकतम ४० क्विन्टलसम्म धान खरिद गर्ने जनाएको छ । खरिद कार्य बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुने जानकारी तुलसीपुर शाखा प्रमुख तुलमाया लोवाले दिए ।

गत वर्ष तुलसीपुर शाखाले कार्तिक २१ देखि पुस मसान्तसम्म ५५ लाख ६६ हजार ४ सय ६४ रुपैयाँ बराबरको १ हजार ६३२ क्विन्टल १५ किलो धान खरिद गरेको थियो ।

प्रमुख लोवारका अनुसार, अघिल्लो वर्षभन्दा यसपालि कोटा घटेर आउँदा किसानहरू प्रभावित भएका छन् । धान बजारको समस्या दीर्घकालीन बनिरहेको बेला गढवा गाउँपालिकाले स्थानीय तहमै खरिदको व्यवस्था मिलाउँदा किसानहरू सन्तुष्ट छन् ।

साना व्यापारीहरूले घरघरमै पुगेर २२ सयदेखि २५ सय रुपैयाँमै धान उठाउने गरेका बेला, पालिकाको पहलले किसानलाई राहत दिएको उनीहरूको भनाइ छ ।

तर, २ हजार क्विन्टलको सीमित कोटाले भएको किसान धेरै भएको भन्दै कोटा वृद्धि गर्नुपर्ने माग गरेका छन् । किसानहरूका अनुसार, गढवामा करिब २० हजार क्विन्टल धान खरिदको आवश्यकता छ ।

स्थानीय किसान रामशरण यादवका अनुसार, “व्यापारीलाई धान बेच्दा महिनौँ भुक्तानी नहुने समस्या थियो, तर खाद्य व्यवस्था कम्पनीमार्फत बिक्री गर्दा तत्कालै भुक्तानी पाउने भएकाले हामी ढुक्क छौँ ।”

उनले धान खरिद कार्यलाई निरन्तरता दिन गाउँपालिका र कम्पनीलाई आग्रह गरे । नेपाल सरकारको मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णयअनुसार, प्रतिक्विन्टल मोटा धानको दर ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको दर ३ हजार ६ सय २८ रुपैयाँ तोकिएको छ ।

तर सीमित कोटाका कारण धेरै किसान बाध्य भएर बाहिरी व्यापारीलाई मोटा धान २ हजार ४ सय र मध्यम धान ३ हजार १ सय रुपैयाँमै बिक्री गर्न विवश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?