Butwal Today

तोलामा २१ सय घट्यो सुन

२६ कार्तिक २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, २६ कार्तिक ।

बुधबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा सुनको मूल्य निर्धारण गरिएको छ ।

अघिल्लो दिन सुनको मूल्य २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकिएको थियो । यसअनुसार, आज सुन तोलामा २ हजार १ सय रुपैयाँले सस्तो भएको हो ।

महासंघका अनुसार, यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च स्तरमा, प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड रहेको छ ।

सुनको मूल्य घटे पनि चाँदीको मूल्यमा भने सानो वृद्धि भएको छ । बुधबार प्रतितोला ३ हजार १ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदीको मूल्य ३ हजार १ सय ७० रुपैयाँ थियो । यसअघि असोज ३१ गते चाँदी हालसम्मकै उच्च स्तरमा, प्रतितोला ३ हजार ३ सय ५० रुपैयाँ पुगेको रेकर्ड गरिएको थियो ।