© २०२३
काठमान्डौ, २६ कार्तिक ।
वामदेव गौतम नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान खारेज गरिएको छ । गौतम स्वयंले दर्ता खारेजको लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
नेकपा एकीकृत समाजवादी हुँदै पुनः नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएपछि गौतमले आयोगमा उक्त दल खारेज गराउन निवेदन दिएका थिए ।
निर्वाचन आयोगले गौतमको निवेदन स्वीकृत गर्दै पार्टी खारेज गरेको जनाएको छ । त्यससँगै आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपाल आयोगमा दर्ता भएको समेत जानकारी दिएको छ ।
यस निर्णयसँगै हाल निर्वाचन आयोगमा दर्ता राजनीतिक दलहरूको कुल संख्या १२५ कायम भएको आयोगले जनाएको छ ।