ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

दलित जनप्रतिनिधिले दलित महिलालाई ठगे

२६ कार्तिक २०८२, बुधबार
२६ कार्तिक २०८२, बुधबार

बुटवल, २६ कात्तिक ।

सैनामैना नगरपालिकाका कार्यपालिका सदस्य एवं दलित उत्थान संघ सैनामैनाका संस्थापक अध्यक्ष सुरज बरालले एक दलित महिलालाई जग्गा विक्रि गरेपनि जग्गा नदिएको पीडितले गुनासो गरेकी छन् ।

बरालले बुटवल –२ बस्ने राधा नेपालीलाई तिलोत्तमा ११ भूपू सैनिकको १० धुर अव्यवस्थित जग्गा चार लाख ५० हजार रुपैयांमा विक्रि गरेपनि जग्गा भने नदिएको पीडित नेपालीले गुनासो गरेकी छन् ।

नेपालीले बुधबार पत्रकार सम्मेलन गरी २०७७ सालमा किनेको जग्गामा बरालले जालझेल गरी उक्त जग्गा नदिई खोलाले कटान गरेको अपुग जग्गा र भूमि आयोगले नापजांच नगरेको जग्गा लिन दबाब दिएको तर आफूले त्यस्तो जग्गा स्वीकार नगरेको बताइन् ।

बरालको उक्त ठाउंमै अझै १० कठ्ठा बढी जग्गा रहेको भएपनि रकम बुझेको बर्षौंसम्म आफूले दिन लिखित कबोल गरेको १० धुर जग्गा नदिएर दुख दिएको उनले गुनासो गरिन् । ‘भूमि आयोगले नापचांच गरेर पछि लालपुर्जा पाइने जग्गा भनेर मैले ऋणधन गरेर जग्गा किनेकी हुं,तर उहांले कहिले खोलाले कटान गरेको ५ धुर जग्गा त कहिले आयोगले नापचांच नगरेको जग्गा लैजाउ भनेर जालझेल र आलटाल मात्रै गर्नुभयो’–राधाले भनिन्–‘यही जग्गाको लागि विभिन्न निकायमा धाउंदा मेरो थप एक लाख जति खर्च भइसक्यो,यही जग्गाको लफडाले परिवारमा पनि बिग्रह भयो, स्कूलको जागिर पनि छाड्न प¥यो, अहिले ज्यादै पीडामा छु ।’

राजनीतिक पहुंच र शक्तिको आडमा आफूलाई बरालले आफूलाई ठगेको र वर्षौं सास्ती दिएकाले अब जग्गा नलिने बरु अहिलेको चलतचल्तीको मूल्य अनुसार पैसा फिर्ता फिर्ता दिनुपर्ने माग गरिन् ।

बरालले आफूलाई जातसंग जोडेर असभ्य भाषा प्रयोग गरेर धम्की दिने गरेको समेत राधाले दावी गरिन् । ‘म माथि अन्याय भएको छ, न्यायका लागि सरोकारवाला निकाय, दलित अगुवाको साथ खोजेकी छु’–उनले भनिन्–‘दलित समुदायको अगुवा भन्ने तर दलित समुदायकै सोझा साझा महिलालाई यसरी दुख दिने र हेप्ने कामले निकै पीडा भएको छ ।’

आफूलाई तिलोत्तमा वडा नं ११ का वडाध्यक्ष विष्णु बरालले भने समस्या समाधानका लागि निकै सहयोग गरेको तर सफल नभएको उल्लेख गरिन् । वडाध्यक्ष बरालले एकजना सोझी दलित समुदायकी महिलालाई दलित अगुवा र जनप्रतिनिधिले ठग्नु र दुख दिनु सह्य र क्षम्य विषय नभएको बताए ।

‘जग्गा दिने भनेर रकम बुझेको वर्षौं हुंदासम्म नदिनु अचम्मको विषय भयो,उहांले कि भने अनुसारको जग्गा दिनुपर्छ कि पैसा दिनुपर्छ,यसरी दुख दिन पाइदैन’–बरालले भने–‘यस्तो कुराले दलित अगुवा र जनप्रतिनिधिकै बेइज्जत गराउंछ ।’ सुरज बरालले भने आफूले जग्गा दिएको तर उनले नलिएको बताए । ‘जग्गा दिएको छु,फिल्डमा जग्गा नभएको भए जवाफदेही हुन्छु’–बरालको दावी छ ।

राधालाई बुटवल ११ की जमुना सुनारले जग्गा किन्नका लागि देखाइदिएकी राधाले बताइन् । जग्गा किनबेचको कागजमा सुनार, सौगात बराल,दिलिप पुन,धनबहादुर कुंवर साक्षी छन् । जग्गा किनबेचके कागज गरेवापत राधाले टोल विकास संस्थालाई १३ हजार रुपैयां शुल्क तिरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?