Butwal Today

नागरिक उन्मुक्ति पार्टी नेपाललाई दल दर्ता प्रमाणपत्र प्रदान

२६ कार्तिक २०८२, बुधबार
अ+
अ-

काठमाडौं, २६ कात्तिक ।

नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । कवीर सोप अध्यक्ष रहेको र चुनाव चिन्ह जाँतो रहेको उक्त पार्टीले १३ कात्तिकमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । आयोगले आवश्यक प्रक्रिया पूरा गरी पार्टीलाई दर्ता प्रमाणपत्र प्रदान गरेको हो ।

योसँगै जेनजी आन्दोलनपछि दर्ता हुने दलहरूको संख्या पाँच पुगेको छ । यसअघि हर्क साम्पाङको श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी र सीके राउतको जनमत पार्टीबाट विभाजित जनस्वराज पार्टी दर्ता भइसकेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म कुल दर्ता दलहरूको संख्या १२६ पुगेको छ । नयाँ दर्ताका लागि निवेदन दिने दलहरूको संख्या २९ रहेको छ ।