ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’ 

२५ कार्तिक २०८२, मंगलवार
२५ कार्तिक २०८२, मंगलवार

बुटवलमा पहिलो पटक पाँचतारे हायात प्लेस होटल सञ्चालनमा आएको छ ।

साढे तीन अर्ब रुपैयाँ लगानीमा स्थापित हायात प्लेसले बुटवलको आर्थिक सम्मृद्धिको जग बलियो बनाउन टेवा पु¥याउने विश्वास गरिएको छ । बुटवलको पहिचानमा यो एउटा अर्को गौरव जोडिएको छ ।

जसले स्थानीय साढे तीनसयलाई रोजगारीको अवसर दिने भएको छ । यसले बुटवललाई चिनाउन मद्दत पु¥याउने निश्चित छ, साथसाथै बुटवलको सम्मृद्धिको आधारको रूपमा पनि भूमिका निर्वाह गर्नेछ ।

अहिले विश्व सूचना साम्राज्यमा रमाईरहेकोले अव विश्वको जुनकुनै कुनाबाट पनि बुटवलमा पाँचतारे होटल हायात बुक गर्न सकिने सुविधा पुगेको छ । यसले बुटवलमा विदेशी पर्यटक आगमन बढ्ने विश्वास गरिएको छ ।

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउन नसक्नु, बुटवलबाट प्रदेश राजधानी दाङको देउखुरी सर्नु तथा मुलुकमा पर्यटन क्षेत्र ओरालो लागिरहेको अवस्थामा पनि बुटवलमा साढे तीन अर्ब लगानीको जोखिम उठाउने चुनौतिको जुन काम लगानीकर्ताले गरेका छन, यो कामको खुला ह्दयले प्रशंसा गर्नैपर्दछ ।

यो होटलमा लगानीकर्ताले लगानीको सुरक्षाको चिन्तामात्रै गरेका छैनन, साढे तीनसय नेपालीलाई रोजगारी दिएर मुुलुकको सम्मृद्धिमा इटा थप्ने काम गरेका छन् । यो जोखिम र महत्वपूर्ण कामका लागि लगानीकर्तालाई धन्यवाद दिनैपर्दछ ।

लगानीकर्ताहरूले ३ सय ५० करोड लगानी गरेपछि लगानीको चिन्ता गर्नु स्वाभाविक नै हो । तसर्थ भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउने कुरा र बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नियमित सञ्चालन होस भन्ने संचालकहरूको अपेक्षा छ । यी सवै बुटवलको सम्मृद्धिका आधार र जग हुन ।

तसर्थ पहिलो पटक संचालनमा आएको पाँच तारे होटल हायात प्लेस बुटवलको सम्मृद्धिको आधार बन्ने अपेक्षा बुटवलवासीले गरेका छन् । बुटवलको विकास र सम्मृद्धिमा हायातले एउटा अध्याय थपेको छ ।

यो समग्र बुटवलसंगै लुम्बिनी प्रदेशको गौरव हो । बुटवलबाट प्रदेश राजधानी दाङको देउखुरी सरेपछि बुटवल खत्तम भयो भन्नेहरूका लागि बुटवल आर्थिक राजधानीको आधार बन्दै छ भन्ने कुरा हायात प्लेस संचालन भएबाट प्रमाणित भएको छ ।
अव बुटवल सम्मृद्धिको अर्को आधार बुटवलको अमरपथ र कालिकापथमा रात्रीकालिन बजार हुने कुरा निश्चित छ । रात्रिकालीन बजार सञ्चालन गर्नेतर्फ सम्वन्धित निकायको ध्यान अविलम्ब जाओस् ।

धेरै पहिलेदेखि बुटवल उद्योग वाणिज्य संघ र होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले गरेको प्रयासले सार्थकता पाउनै पर्दछ । प्रदेश राजधानी दाङ सरेपछि बुटवललाई आर्थिक राजधानी बनाउने कुरा जोडतोडले चर्चा गरिएको हो ।

वुटवल त्यसैपनि पश्चिम नेपालको वाणिज्य केन्द्रको रूपमा विकास भैरहेको छ । बुटवल पश्चिम नेपालको मात्र नभै समग्र लुम्विनी प्रदेशको औद्योगिक र वाणिज्य केन्द्र हो । त्यसैले यसलाई आर्थिक राजधानी भनिँदा अस्वाभाविक लाग्दैन ।

बुटवल आर्थिक राजधानी बनिरहँदा यहाँको व्यापार व्यवसाय पनि त्यही रूपमा विकसित र परिमार्जित हुनु जरुरी छ । बुटवलको अमरपथ र कालिकापथ बुटवलकै व्यस्त बजार हो ।

यहाँ अव दिउँसो मात्र होइन यो पथलाई रात्रिकालीन बजारको रूपमा पनि स्थापित गर्न सकिए त्यसले बुटवलकै गरिमा बढाउने छ । व्यापार व्यवसाय विस्तारमा ठुलो टेवा पुग्नेछ ।

अर्कोतर्फ होटल व्यवसायीले कालिकापथलाई रात्रिकालीन बजारको रूपमा विकास गर्न माग गरिरहेको वर्षौँ भइसक्यो । बजार सञ्चालनको निश्चितता नहुँदा होटल व्यवसाय सञ्चालनमा धेरै समस्या आउने गरेको होटल व्यवसायीको पीडा छ ।

बुटवलमा पाँच तारे होटल हायात संचालनमा आएपछि अव व्यावसायिक संघ संस्थाहरूले रात्रीकालिन बजार कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयलाई छिटो निचोडमा पु¥याउनु जरुरी छ ।

बुटवलको व्यापार व्यवसायलाई माथि उठाउन पाँचतारे होटल हायात र रात्रिकालीन बजारले अनेक संभावनाको ढोका खोल्नेछ । मुलुकको आर्थिक अवस्था सहज बन्न नसकिरहेको बेला कम्तीमा पनि बुटवलमा संचालनमा आएको हायातले नयाँ आर्थिक संभावनाको ढोका खोलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?