Butwal Today

सुनको मूल्य एकैदिनमा ४ हजार ९ सयले उकालो

२५ कार्तिक २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

सुनको मूल्य आज एकैदिन तोलामा चार हजार नौ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ४६ हजार चार सय रुपैयाँ पुगेको छ ।

हिजो आइतबार सुनको मूल्य तोलाको दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यसरी एकैदिनको अन्तरमा सुनमा उल्लेख्य वृद्धि देखिएको हो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ । चाँदी तोलामा पाँच रुपैयाँले बढेर तीन हजार एक सय सत्तर रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको तीन हजार एक सय पैसठ्ठी रुपैयाँमा कारोबार भएको थियो ।